0
गोल्डेन न्यूज संवाददाता
बैशाख १२ गतेको भूकम्पले भत्केको विद्यालयको लायन्स कल्ब अफ पोखरा अन्नपूर्णले पुनःनिर्माण गरेर हस्तान्तरण गरेको छ । कास्कीको चापाकोट वडा नं. ७ मा रहेको पञ्चकोशी निम्न माध्यमिक विद्यालयको  चार कोठा भवन झण्डै ९ लाखको लागतमा निर्माण भएको क्लबले जनाएको छ । शनिबार एक कार्यक्रमका वीच भवनको उद्घाटन कास्कीका जिल्ला शिक्षा अधिकारी विष्णु प्रसाद अधिकारीले गरेका थिए । अधिकारीले लायन्स क्लबले भूकम्पले पाल मुनि पढ्न बाध्य भएका विद्यार्थी लाई भवन निर्माण गरेर ठूलो गुन लगाएको भन्दै बालमैत्री र गुणस्तरीय शिक्षामा जोड दिन विद्यालयलाई आग्रह गरे । उनले नेपाल सरकार र अन्य सहयोगी संस्थाले सहयोग गर्ने हुँदा स्रोतको भन्दा पनि सोचको अभाव रहेको बताए । डिष्ट्रिक्ट ब्लड बैक चियर पर्सन सोनाम साङपोले २९ बर्षको अवधिमा क्लबले अहिलेसम्म १३ वटा विद्यालय निर्माणसंगै    शिक्षामा ५ करोडको लगानी गरेको बताए । विभिन्न विद्यालयका विद्यार्थीलाई सहयोग गर्दे आएका उनले आर्थिक अवस्था कमजोर एक विद्यार्थीलाई बार्षिक कपी कलम र पढाईमा राम्रो अंक ल्याउने विद्यार्थीलाई ५ बर्षसम्म बार्षिक १० हजार सहयोग गर्ने घोषणा गरे । भवन निर्माणका संयोजक क्लबका निर्बतमान अध्यक्ष यदुनाथ अधिकारीले विद्यालयका प्र.अ. मातृका पराजुली र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु प्रसाद पराजुलीलाई साँचो प्रदान गरेर विद्यालय हस्तान्तरण गरे ।  रेडियो अन्नपूर्णका कार्यकारी अधिकृत दिपेन्द्र श्रेष्ठले लायन्स क्लब अन्नपूर्ण लायन्सकै रोल मोडल क्लब रहेको भन्दै अब विद्यालयको सस्थागत अभिभावक बन्ने तर त्यसको लागि विद्यालयले वातावरण तयार पार्नुपर्नेमा जोड दिए ।  कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका बर्तमान अध्यक्ष विण्णु प्रसाद पराजुली, पूर्व अध्यक्षहरु कुल प्रसाद अधिकारी र भेषराज पराजुलीले लायन्स क्लब अन्नपूर्णले  विद्रयालयको भवन निर्माण गरेर सहयोग गरेको भन्दै आगामी दिनमा पनि साथ सहयोग पाउने अपेक्षा गरेको बताए । उनीहरुले  जिल्ला शिक्षा कार्यलयको तर्फबाट विद्यालयमा कम्पाउण्ड गरी दिन आग्रह गरेका थिए ।
क्लबका अध्यक्ष लायन कृष्ण प्रसाद श्रेष्ठले भूकम्पले बढि क्षति भएको विद्यालय लाई भवन निर्माण गर्न सोनाम साङपोको सक्रियतामा उनका विदेशी साथीहरु मार्फत संकलन गरेको ८ लाख ७८ हजार ९ सय ४९ रुपैयाँको लागतमा भवन निर्माण भएको बताए।  अध्यक्ष श्रेष्ठले  भवन निर्माण गर्न सहयोग गर्न सवैलाई धन्यवाद दिए । कार्यक्रमको सञ्चालन सचिव दिनेश तुलाचनले गरेका थिए भने विद्यालयका विद्यार्थीहरुले गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।




Post a Comment

 
Top