0
गोल्डेन न्यूज संवाददाता
पोखराको रामबजार स्थित दुचीटोलमा बालक्लव गठन गरिएको छ । कार्यक्रममा प्रमुख अतिथि पोखरा उपमहानगरपालिका वडा नं.१० की परिचालिका दुर्गादेवी कँडेलले सहजीकरण गर्नुको साथै बालक्लवको हकहितको बारेमा जानकारी गराएका थिए ।      कार्यक्रममा विशेष अतिथि टोलका ९० वर्षीया बृद्ध कर्णबहादुर नेपाली, अतिथिहरु रामबजार ल्याम्हःपुचःका युवा अध्यक्ष सुरज तझ्या, आमा समूहकी उपाध्यक्ष मैया नेपाली, महिला समूहकी अध्यक्ष यानीमाया राना लगायतले शुभकामना मन्तव्य राखेका थिए । 
बालक्लव गठन गर्ने क्रममा सर्वसम्मत हुन नसकेपछि निर्वाचन प्रक्रियाबाट सदस्यहरुको चयन गरिएको थियो । उक्त बाल क्लवको अध्यक्षमा उषा गुरुङ्ग, उपाध्यक्षमा आयुष पुन, सचिवमा अन्जना सुवेदी, सहसचिवमा निश्चय पौडेल, कोषाध्यक्षमा उमेश नेपाली र सदस्यहरुमा शिशिर भट्टचन, प्रिया खाव, महिस्मा मास्की, अस्मिता गुरुङ्ग, मन्दिप राना, हिमाल थापा, उज्वल नेपाली, सृष्टि केसी रहेका छन् भने सल्लाहकारहरुमा किरण प्रसाद भट्टचन, यानीमाया राना र मैया नेपाली रहेका छन् ।
उक्त अवसरमा समितिका अध्यक्ष किरण प्रसाद भट्टचनले सम्पूर्ण कार्यसमितिका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिंदै रामबजार दुचीमार्ग बाल क्लवको सफलताको कामना गरेका थिए । नवनिर्वाचित अध्यक्ष लगायत पदाधिकारीहरुले आफूहरुले यो बाल क्लवको लागि सकेसम्मको योगदान दिई यस क्लवलाई सफल बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए । दुचीमार्ग टोल विकास संस्थाका अध्यक्ष किरण प्रसाद भट्टचनको अध्यक्षतमा भएको कार्यक्रमको संचालन सचिव मनमाया नेपालीले गरेका थिए ।
यसैगरी पोखरा १८ शुभकामना टोल विकास संस्था शनिबार भएको वाल भेलाले दिपेश के.सी.को अध्यक्षतामा १३ सदस्यीय बाल क्लब गठन भएको छ। क्लबको उपाध्यक्षमा ट्वीङकल थापा, सचिवमा रोशन के. सी., सहसचिवमा पूर्णिका गुरुङ, कोषाध्यक्षमा विशाल तिवारी र सदस्यहरु सन्देश रोक्का, संध्या गोदार, राजन जि.सी., विशन छन्त्याल, अनिल नेपाली, विवेक छन्त्याल चयन भएका छन्। शुभकामना टोल विकास संस्का अध्यक्ष कृष्णबहादुर कुवँरको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव राम्जी के. सी.ले गरेका थिए।












Post a Comment

 
Top