0
गोल्डेन न्यूज संवाददाता
गृहमन्त्री शक्तिबहादुर बस्नेतले वार्ताको माध्यामबाटै मधेशको समस्याको समाधान खोजिने बताएका छन् । मुलुकसामु रहेको अहिलेको सङ्कट चाँडै समाधान हुने समेत उनले बताए । उनले समस्या समाधानका लागि सरकार सक्रिय र जिम्मेवारपूर्ण ढङ्गले लागिरहेको स्पष्ट पारे । राजमार्ग बन्द गरेर जनतालाई सास्ती दिदैमा मधेशी दलको माग सम्बोधन नहुने वताउदै उनले यथाशक्य छिटो वार्ताको माध्यमबाट मधेशको समस्या समाधानतर्फ बर्तमान सरकार लागि परेको  बताए । क्रान्तिकारी पत्रकार संघ कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री बस्नेतले सीमांकन र नामांकनको विषयलाई संविधान संशोधन गरी छलफल गर्ने भनेर संविधान जारी गरेको वताउँदै तत्काल बार्ताको माध्यामबाट वर्तमान समस्याको समाधान खोज्नुपर्नेमा जोड दिए । मधेश आन्दोलनको नाममा कोही कसैले राजमार्ग अवरोध गर्न खोजे त्यसलाई राज्यले कुनै हालतमा नदिने बताउँदै उनले हिमाल, पहाड र तराईको सुरक्षामा सरकार प्रतिवद्ध रहेको वताए । नाकाबन्दी कहिले खुल्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा मन्त्री बस्नेतले नाकाबन्दी छिट्टैनै खुल्ने बताए । सामाजिक न्याय, समानुपातिक, समावेशीतालगायत विषयमा केही प्रावधान थप गर्न संविधान संशोधनको प्रक्रिया अघि बढेको जानकारी गराउँदै उनले सीमाङ्कनको विषय समाधान गर्न आन्दोलनरत दलसँग सार्थक संवाद गर्न सरकार लागिपरेको बताए । “सीमाङ्कनका विषयमा टुङ्गो लगाउन आन्दोलनरत दल र सरकारबीच सार्थक संवाद र छलफलको क्रम बढाउनुपर्छ उनले भने–“यस विषयलाई निष्कर्षमा पु¥याउन राजनीतिक संयन्त्र, संसदीय समिति वा आयोग बनाएर जाने विषयमा आन्दोलनरत दल समाहित हुनुपर्छ ।





Post a Comment

 
Top