0
गोल्डेन न्यूज संवाददाता
अमेरिकाको भ्रमणमा रहेका नेपाल पत्रकार महासंघका पूर्व सभापति वरिष्ठ पत्रकार किशोर नेपाल र महासंघका पूर्व सभापति पत्रकार गंगाधर पराजुलीसँग  मङ्गलबार न्यूयोर्कमा अन्तत्र्रिmया कार्यक्रम सम्पन्न भएको छ । नेपाल अमेरिका पत्रकार संघद्वारा आयोजित अन्तक्र्रियामा नेपालको वर्तमान राजनीतिक अवस्था, पत्रकारिता लगायतका विषयमा छलफल गरिएको थियो । कार्यक्रममा बोल्दै महासंघका पूर्व सभापति, वरिष्ठ पत्रकार नेपालले राजनीतिक नेताहरूको अकर्मण्यताका कारण जनताले दःुख पाइरहेको बताए । भारतले नेपालमा लगाएको नाकाबन्दीको बारेमा भारत र अन्तर्राष्ट्रिय समुदायसँग प्रस्ट बोल्न नसकेको बताउदै उनले सरकार र राज्य संचालकहरुसँग दक्षता र क्षमताको अभावका कारण मुलुकले दुःख पाइरहेको बताए । सरकारको कमजोरीमा मिडियाले वोल्नुपर्ने र यसरी बोल्दा मिडिया र सरकारको पनि सधैँ झगडा भईराख्ने वताउदै उनले सिद्धान्तत विमति रहेपनि मुलुकको हितमा सबै पक्ष लाग्नुपर्नेमा जोड दिए । महासंघका महासंघका पूर्व उपसभापति एवं राससका बोर्ड सदस्य गंगाधर पराजुलीले नेपालमा मिडियाले भौतिक र पेशागत असुरक्षा व्यहोरिरहेको बताए । पत्रकारहरुले समाचार लेखेको भरमा मारिने र अपहरणमा पर्ने अवस्था एकातिर छ भने अर्कोतिर यस्तो जोखिममा खटेर काम गर्दा पनि आफ्नै संस्थाबाट पारिश्रामिक लगायतका सुविधाको शोषणमा पर्ने गरेको अवस्थाको बारेमा उनले जानकारी गराए ।

अन्तत्र्रिmयामा सरकारको प्रतिनिधित्व गर्ने महावाणिज्य दूतावास न्यूयोर्कका महावाणिज्यदुत नारायण प्रसाद मैनाली, एनआरएन अमेरिकाका वरिष्ठ उपाध्यक्ष कृष्ण पोखरेल, नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनिन्द्र नेम्वाड, आदिवासी जनजाति महासंघका उपाध्यक्ष मंगलदास श्रेष्ठ, सिन्धुवेयलफेयर सोसाईटीका अध्यक्ष वंशलाल तामाड लगायतले बोलेका थिए । अन्तत्र्रिmयामा बुद्धिजीवि डा.तारा निरौला, एनआरएन आईसिसी प्रतिनिधि नवीन शेरचन, सुनिता शर्मा, अमेरिकाका उपाध्यक्ष वन्दना कोइराला लगायत संचारकर्मीहरुको उपस्थिति रहेको थियो । नेजाका महासचिव भोला आचार्यको सभापतित्वमा सम्पन्न सो अन्तत्र्रिmया कार्यक्रमलाई नेजाका क्षेत्रीय उपाध्यक्ष भुपेन्द्र थापाले संचालन गरेका थिए भने  निवर्नमान अध्यक्ष आडछिरिड शेर्पाले स्वागत गरेका थिए ।









Post a Comment

 
Top