0
बाटुलेचौरमा रहेको विन्ध्यवासिनी क्याम्पस सञ्चालक समितिले पूर्णता पाएको हो। विन्ध्यवासिनी उच्च मा.वि. संरक्षक रहेको क्याम्पसमा विन्ध्यवासिनी उच्च मा.वि. विद्यालय व्यवस्थापन समितिबाट पाँच सदस्यीय रहने प्रावधान अनुसार प्रतिनिधि चयन तय गरिएको छ। विव्यसका अध्यक्ष गोविन्द बहादुर बस्नेत, शिक्षक अभिभावक संघका अध्यक्ष भिम प्रसाद पौडेल, प्राचार्य खिमलाल अधिकारी र विद्यालय व्यवस्थापन समितिको छनोटबाट सदस्यद्वय यदुनाथ बञ्जारा र शिवराज देवकोटा क्याम्पस सञ्चालक समितिमा चयन भएको बताइएको छ। व्यवस्थापन संकायको पढाई हुने उक्त क्याम्पसको सञ्चालक समितिको अध्यक्षमा सोमनाथ अधिकारी प्यासी रहेका छन्। त्रि.वि.वि. सम्बन्धन प्राप्त क्याम्पसले अपेक्षाकृत विद्यार्थी नपाउँदा आर्थिक संकट व्यहोर्दै आएको छ। स्थानिय स्रोत परिचालन गरेर मात्र क्याम्पस सञ्चालनलाई बैशाखी दिनु उपयुक्त नहुने टिप्पणी भइरहेको अवस्था क्याम्पस प्रशासन र सञ्चालक समितिले आत्मनिर्भर बन्ने योजना तय गर्नुपर्ने औंल्याइएको छ ।



Post a Comment

 
Top