0
गोल्डेन न्यूज संवाददाता।
अनेरास्ववियु भुगोल जिल्ला कमिटी कास्कीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको छ । यहि मंसिर ९ गते सुनसरी जिल्लाको हरिपुर गाविसमा भारतीय सीमा सुरक्षाबल प्रवेश गरी अन्धाधुन्ध गोली चलाउँदा चार जना घाईते भएको विषयमा नेपाल स्थित भारतीय राजदुताबासको कार्यालयले नेपालीहरुलाई गोली प्रहार नगरेकोप्रति दुःख व्यक्त गर्दै प्रम ओलीलाई ज्ञापन पज्ञ बुझाएको हो । साथै विज्ञप्ती जारी गरेकोमा भारतिय राजदूत, घटनाका दोषी एसएसबीका जवान र योजनाकारहरुलाई  कारवाही लागि अन्तर्राष्ट्रिय अदालतमा उभ्याउनुपर्ने भन्दै प्रमुख जिल्ला अधिकारी कास्की मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएको छ ।  अन्तर्राष्ट्रिय सन्धि सम्झौता उल्लङ्घन गर्दै अमानवीय रुपमा नाकाबन्दी गर्ने, खुलमखुल्ला नेपाल प्रवेश गरी नेपाली नागरीकामाथि गोलि प्रहार गर्ने, भारतीय लोकसभाका सांसदले नेपालको भूमि भारतकै हो भन्ने जस्ता हेपाहा अभिव्यक्ति दिनु भारतको नेपाल प्रतिको कुदृष्टि भएको हुँदा यस्तो अवस्थामा पनि नेपाल सरकार टुलुटुलु हेरेर बस्न नहुने भन्दै अब यो समस्या समाधानको लागि अन्तर्राष्ट्रिय अदालत जानु पर्ने ज्ञापन पत्रमा जनाईएको छ । अनेरास्ववियु भूगोल जिल्ला कमिटी कास्कीका अध्यक्ष शेखर गौतमद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा राष्ट्र जोगाउनका लागि गरिने नेपाल सरकारको जस्तो कै कदममा अनेरास्ववियुले साथ दिने बताईएको छ । ज्ञापन बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रनाथ गौतमले विद्यार्थीले उठाएका कुराहरु समयसान्दर्भिक रहेको र यसलाई कार्यान्वयन गराउने तहमा पु¥याउने बचन दिएका थिए । 

Post a Comment

 
Top