0
गोल्डेन न्यूज संवाददाता
लायन्स क्लव अफ पोखरा पिस सोसाइटीले आफ्नो दोस्रो स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा क्लवले चार्टर नाइट तथा मृगौला पीडित युवालाई आर्थिक सहयोग गरेको हो । क्लवले चार्टर नाइटमा क्लवले गरेको गतिविधिका विषयमा छलफल गरेको छ भने मृगौला पीडित युवा विजय परियारलाई २५ हजार रुपैयाँ नगद सहयोग गरेको छ । क्लवका अध्यक्ष रुद्र केसीले क्लवको तर्फबाट १० हजार रुपैयाँ र एडमार्क ट्राभल्सको तर्फबाट १० हजार र डा.विष्णु चापागाईको तर्फबाट पाँच हजार गरी २५ हजार रुपैयाँ विजय बचाउ अभियानका संयोजक हुम गुरुङलाई हस्तान्तरण गरे । पर्वतका मृगौला पीडित परियार काठमाडौंमा उपचाररत छन् । क्लवका अध्यक्ष केसीले परियारको जीवन बचाउनका लागि आफू तथा क्लवले सानो सहयोग गरेको बताए । चार्टर नाइटमा लायन्स पीएमसिसी प्रेम बहादुर श्रेष्ठले लायन्स क्लवहरु सामाजिक सेवा र सामाजिक गतिविधिमा सक्रिय हुनुपर्ने बताए । लायन्स क्लवहरुमा पछिल्लो समय विकृति आएको हल्ला भैरहेका वेला स्वार्थभन्दा माथि उठेर सामाजिक सेवामा लाग्न उनले आग्रह गरे । लायन्स क्लव अफ पोखरा पिस चौतारीका पूर्व अध्यक्ष डा. विष्णु चापागाई मृगौलामा देखिने समस्या र यसबाट बच्ने उपाय तथा खानपिनको विषयमा जानकारी गराएका थिए । क्लवका सह–कोषाध्यक्ष प्रकास ज्ञवालीले स्वागत र सचिव लोक कुँवरले संचालन गरेको कार्यक्रममा लायन्सका रिजन चियर पर्सन दुर्गाप्रसाद हुमागाई, जोन चियर पर्सन तेज नारायण पराजुली, लायन्स क्लव पोखरा पिस चौतारीका अध्यक्ष धनन्जय पौडेल लगायतले बोलेका थिए ।  







Post a Comment

 
Top