0
दाङ्गसिङ्ग गाविस वडा नं.२ स्थित उमा माविलाई फुमिताका ख्वाई र आशतो मासुसीमा मार्फत माछापुच्छे« फाउण्डेशनले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनोज गुरुङ्गलाई एक कार्यक्रमका बीच १ हजार डलर (करिब १ लाख ६ हजार) सहयोग हस्तान्तरण गरिएको छ । जापान विद्यालय कोकना जुनियर सेकेण्डरीका शिक्षक समेत रहेको फुमिताका ख्वाई र आशतो मासुसिमाले विभिन्न शैक्षिक क्रियाकलापहरुमा विगत १५ वर्षदेखि यस विद्यालय सहयोग गर्दै आएका छन् । कार्यक्रममा आशतो मासुसिमाले उक्त विद्यालयलाई १ सय डलर र उनका पिता नोबोरु खामियाको नाममा ५० डलर सहयोग प्रदान गरेका हुन् । गत सालको एसएलसी परीक्षामा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल उमा माविलाई सहयोगको भूमिका गर्नेपेम्बा गुरुङ्गले संयोजनकारी भूमिका निभाएका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनोज गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सहायक प्रअ यमबहादुर पुन र कार्यक्रमको संचालन शिक्षक बासुदेव तिमिल्सिनाले गरेका थिए ।





















Post a Comment

 
Top