0
गोल्डेन न्यूज संवाददाता
शुभकामना वचत तथा ऋण सहकारी संस्थाको छैठौँ साधारण तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ।  अधिवेशनले दल वहादुर जि.सीलाई संचालक समितिको अध्यक्षमा चयन गरेको छ । जिसीको कार्यकाल ३ वर्षको हुनेछ । संचालक समितिको उपाध्यक्षमा प्रमिला देवी लामिछाने, सचिवमा प्रेम शंकर वरुवाल, कोषाध्यक्षमा ठाकुर प्रसाद सापकोटा र सदस्यहरुमा गोपाल वहादुर घिमिरे, इन्द्र वहादुर कार्की, आशा गुरुङ, जगन्नाथ रेग्मी, लोक वहादुर भण्डारी, विष्णुकुमारी अधिकारी बरुवाल, बम वहादुर मल्ल रहेका छन् ।
 
यस्तै लेखा समितिको संयोजकमा रामचन्द्र आचार्य सदस्यहरुमा कल्पना सापकोटा र चिरिञ्जिवी कुमार श्रेष्ठ रहेका छन् भने ऋण लगानी उपसमितिको संयोजकमा इन्द्रवहादुर कार्की, सदस्यहरुमा क्या.दिल वहादुर जि.सी. र गोपाल श्रेष्ठ एवम् शिक्षा उपसमिति संयोजकमा जगन्नाथ रेग्मी सदस्यहरुमा रामचन्द्र पौडेल, मन वहादुर राम्जाली रहेका छन् ।  त्यस्तै खरिद उपसमिति संयोजकमा क्या. शिवबहादुर क्षेत्री र सदस्यहरुमा क्या. यामवहादुर क्षेत्री र इन्द्रध्वज बरुवाल, एवं पदपूर्ति उप–समितिको संयोजकमा गोपाल घिमिरे र सदस्यहरुमा प्रेम शकर वरुवाल र हिरा वरुवाल रहेका छन् । निर्वाचन समितिका संयोजक रमेश पौडेल र सदस्यहरु महेश पराजुली एवम् चेतनारायण सापकोटाले निर्वाचन सम्पन्न गराएका थिए ।
 
नव निर्वाचित संचालक समितिको प्रथम बैंठकले महेश पराजुली, रमेश पौडेल, नरवहादुर कार्की र गोकर्ण बरुवाललाई विधान अनुसार सल्लाहकारमा चयन गरेको छ । यसअघि साधारणसभाको समुद्घाटन गर्दै प्रमुख अतिथि क्षेत्रीय अनुन्धान विभाग प्रमुख यादव रेग्मीले शेयर सदस्यहरुको रकम वचत गरी साधारण गर्जो टार्ने या खर्च टार्नेमा मात्रै लगानी नगरी उत्पादनशील रचनात्मक कार्यक्रमहरु तथा स्वरोजगार अभिवृद्धि कार्यक्रममा लगानी लगाउन सुझाव दिए । कार्यक्रममा सल्लाहकार महेश पराजुली, शेयर धनिहरु सूर्य प्रसाद बराल, प्रमिला देवी लामिछाने, लाल वहादुर अधिकारी लगायतले आ–आफ्नो भनाइ राखेका थिए । साधारण सभामा अध्यक्ष नर वहादुर कार्की, सचिव गोकर्ण वरुवाल, कोषाध्यक्ष दल वहादुर जि.सी. ऋण उपसमिति संयोजक प्रेम शंकर बरुवाल, शिक्षा उप समिति संयोजक चेतनारायण सापकोटा, लेखा समिति संयोजक रामाचन्द्र आचार्यले आ–आफ्ना समिति, उपसमितिको प्रतिवेदन पेश गरेका थिए । संस्थाको अध्यक्ष नरवहादुर कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संचालन सचिव गोर्कण वरुवालले, स्वागत उपाध्यक्ष चेतनारायण सापकोटाले गरेका थिए ।




Post a Comment

 
Top