0
गोल्डेन न्यूज संवाददाता
पोखराको सिम्पानी स्थित स्पाइरल ग्यालेक्सी उच्च माविमा वृहत शैक्षिक प्रदशर्नी सम्पन्न भएको छ । कक्षा २ देखि १० सम्मका विद्यार्थीहरुले आफूले बनाएका विभिन्न सामाग्रीहरु प्रदशर्नीमा राखिएको थियो । आफुले अध्ययन गरेको पाठयक्रममा केन्द्रित रहेर निर्माण गरिएका सामाग्रीले विद्यार्थी र शिक्षक ध्यान तानेको थियो । प्रदशर्नीमा विद्यार्थीहरुले बढी मात्रामा विज्ञानका प्रयोगात्मक सामाग्रीहरु निर्माण गरेका थिए । केही विद्यार्थीले भने हस्तकलाका सामाग्री निर्माण गरेको अतिरिक्त विभागका प्रमुख सुमन पौडेलले जानकारी दिए । विद्यालयको खेल मैदानमा तहगत रुपमा विद्यार्थीले बनाएका सामाग्री राखिएको थियो । निर्माणमा संलग्न विद्यार्थीहरुले अवलोकनकर्ताका उत्सुकताको जिज्ञासा समेत मेटाएका थिए ।  अधिकांश स्टलमा विद्यार्थीको भिड नै लागेको विद्यालयका डीन वृहस्पति लम्सालले बताए । शैक्षिक र प्रयोगात्मक सामाग्री उपलब्ध भएमा विज्ञान संग सम्बन्धित थुप्रै सामाग्रीहरु निर्माण गर्न सकिने विद्यार्थीहरुले बताएका छन् । त्यसका लागि विद्यालयले उपयुक्त वातावरण बनाउनुपर्ने उनीहरुको सुझाव छ । विद्यार्थीले इलेक्ट्रोनिक डुङ्गा, वाटर भ्याम्प, फोहोर उठाउने यन्त्र, सौर्य उर्जाको प्रयोग गर्ने प्रविधि सहित धागोबाट नेपालको नक्सा सहितका सामाग्री निर्माण गरेका थिए । त्यस्तै साना विद्यार्थीले भने घरायसी सामाग्री र फलफूलका सामाग्री बनाएका थिए । विद्यार्थीले निर्माण गरेका सामाग्रीको व्यावस्थापकीय संयोजक अजुर्न ढकाल, मावि विज्ञान शिक्षक रोहित झा र शिक्षक रमेश ढकालले मूल्याङ्कन गरेका थिए । विद्यालयले प्रत्येक वर्ष विद्यार्थी प्रोत्साहन र प्रतिभा प्रस्पmुटनका लागि प्रदर्शनी गर्दै आइरहेको छ

Post a Comment

 
Top