0
गोल्डेन न्यूज संवाददाता
 पोखरा उपमहानगरपालिका कार्यालयमा मा भर्खरै सरुवा भएर आएका कार्यकारी अधिकृत झलकराम अधिकारीले बुधबारदेखि कार्यभार सम्हालेका छन् । कार्यालयको पहिलो दिन उनलाई नगरपालिकाका सबै कर्मचारीहरुले स्वागत गरे । उनको सम्मानमा सहभागी कर्मचारीहरुलाई अधिकारीले आवश्यक सुधारका निर्देशन समेत दिएका छन् ।
 
विशेषगरी नगरपालिकामा हुने कर्मचारी बीचको टकराव चिर्दै सामुहिक भावनाले काम गर्न उनले सुझाव दिए । पदभार सम्हालेलगत्तै उनले केही दिनभित्रै देखिने गरी काम थालनी गर्ने प्रतिबद्धता जनाएका छन् । सबै शाखा प्रमुखहरु सँग छलफल गरेर केही दिनभित्रै तीनमहिने कार्ययोजना सार्वजनिक गर्ने उनको भनाई छ । ‘सबैभन्दा पहिलो काम पुस १ गतेभन्दा पहिले नगरपालिकाको श्वेतपत्र जारी गर्छुे , उनले भने ‘ नगरबासीलाई सेवा पुग्ने र कानुनी समस्या नहुने गरी कार्ययोजना ल्याउनेछु ।’ पदभार सम्हालेपछि उनले तत्काल करदाताको सहजताका लागि पहल गर्न कर्मचारीलाई निर्देशन दिए । ‘करदातालाई अधिकतम सुविधा दिनुपर्छ’ उनले भने–‘विद्युत नहुँदा घण्टौंसम्म लाईनमा बस्नु राम्रो काम होईन, तत्काल पावर ब्याकअप जोड्नुस् ।’  यस्तै कर संकलनको कामलाई वडास्तरमा विस्तार गर्न पनि उनले पहल गरेका छन् । नयाँ वडाहरुमा कर्मचारी ब्यवस्थापन, छाडा चौपाय नियन्त्रणका लागि पनि तत्काल काम थाल्ने उनको भनाई छ । ‘नगरक्षेत्रमा छाडा चौपाया अनियन्त्रीत भैसके’ उनी भन्छन्त ‘ त्काल नियन्त्रणका लागि निरीक्षण शाखालाई निर्देशन दिएको छु, एकदुई दिनमै केही चौपायालाई ब्यवस्थापन गर्छौं ।’  नगरपालिकाले गरेका कामहरुमा पारदर्शिता अपनाउन पनि सबै कर्मचारीसँग उनले आग्रह गरे । भेटघाटका क्रममा नगरपालिकाका सबै शाखा प्रमुखहरुले आ–आफ्ना शाखाका समस्याका बारेमा जानकारी गराएका थिए । यसअघि कार्यकारी अधिकृत झलकराम अधिकारीलाई पोखरा उद्योग बाणिज्य संघले मंगलबार नै स्वागत गरिसकेको छ ।

Post a Comment

 
Top