0
गोल्डेन न्यूज संवाददाता
विभिन्न जिल्ला तथा नगर उद्योग वाणिज्य संघको अध्ययन अवलोकन भ्रमणको क्रममा लेखनाथ आईपुगेको चितवन उद्योग वाणिज्य संघको भ्रमण टोलीको सम्मानमा लेखनाथ उद्योग वाणिज्य संघले स्वागत एवं छलफल कार्यक्रम आयोजना ग¥यो ।
लेखनाथ उद्योग वाणिज्य संघका द्वितीय उपाध्यक्ष वलराम ढकालको सभापतित्वमा आयोजना गरिएको सो स्वागत कार्यक्रममा भ्रमण टोलीनेता तथा चितवन उद्योग वाणिज्य संघका अध्यक्ष कल्याण जोशीले भ्रमणको उद्देश्य र संघका क्रियाकलापहरुका वारे चर्चा गरेका थिए । लेखनाथ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष बावुराम गिरीले संघका गतिविधिहरु, संघका आय आर्जन, भावि कार्यक्रम, संघद्वारा संचालन गरिएका कार्यक्रम लगायतमा संघले खेलेको भूमिकाको वारेमा चर्चा गरेका थिए ।
 संघको एक आपसको कार्यशैली र अनुभवको आदान प्रदान, संस्थागत बिकास, सचिवालय व्यवस्थापन, मेला महोत्सव, एक जिल्ला एक उत्पादन कार्यक्रम, स्थानिय बिकास कार्यक्रम, लगाएत विभिन्न कार्यक्रम, उद्योग वाणिज्य संघहरुको स्थायी आर्थिक श्रोत जस्ता विषयमा छलफल केन्द्रित रहेको थियो । लेखनाथ उद्योग वाणिज्य संघका विशिष्ट सदस्य एवं पुर्व अध्यक्ष सुमन भट्टराई, चितवन उद्योग वाणिज्य संघका पूर्व अध्यक्षहरु उत्तमलाल चुके, प्रचण्डलाल प्रधान, मित्रलाल दवाडी, रमेश कुमार पिया, ऋषिराम प्रधान, महेन्द्रलाल प्रधान लगायतले यस किसिमको भ्रमण कार्यक्रमले दुई संघ वीचको सम्वन्ध अझ प्रगाढ हुदै जाने र व्यवसायिक विकासमा टेवा पुग्ने बताएका थिए । लेखनाथ उद्योग वाणिज्य संघका महासचिव छत्रधर आत्रेयले संचालन गरेको सो कार्यक्रम लेखनाथ उद्योग वाणिज्य संघका उप–महासचिव भरतकुमार अधिकारीले धन्यवाद ज्ञापन गरेका थिए ।



Post a Comment

 
Top