0
गोल्डेन न्यूज संवाददाता
पोखरा उद्योग बाणिज्य संघको बालश्रम न्युनिकरण कार्यक्रम(क्लेप) को आयोजनामा तयार पारिएको सडक नाटकको प्रथम प्रदर्शन कार्यक्रम बिहीबार भद्रकाली उच्च मा.वि.पोखरा १२ मा गरियो । क्लेप अन्तर्गत गठन भएको ‘पहिलो पाइला पोखरा नगर स्तरीय बालक्लब’ को परिकल्पनामा बाल श्रम विरुद्धको विषय बस्तु राखेर तयार पारिएको उक्त नाटकको निर्देशन युथ क्रियशन थिएटरले गरेको हो । श्रमिक बालबालिकाहरु सहित १३ जना बालकलाकारहरुको अभिनय रहेको उक्त नाटक करिब सात सय विद्यार्थी र शिक्षक शिक्षिकाहरुले अवलोकन गरेका थिए । पोखरा उप–महानगरपालिका कार्यालयको बालमैत्री नगर अभियानलाई सहयोग पुर्याउँदै आएको क्लेपले बालश्रम अन्त्यका लागि सामाजिक चेतना अभिबृद्धि गर्न आयोजना गरिएको नाटकको उद्देश्य बारेमा प्रकास पार्दैे पोखराका विभिन्न मूल सडकहरुमा नाटक प्रदर्शन गर्ने योजना रहेको क्लेपका परियोजना संयोजक भक्तराज रसाइलील जानकारी गराए । पोखरा उपमहानगर पालिका कार्यालय, युनिसेफ नेपाल र किडाशाको सहयोगमा तयार पारिएको उक्त नाटकको प्रर्दशन व्यवस्थापनमा सामाजिक परिचालक भुवनेश्वर भण्डारी, सामाजिक कार्यकर्ता अनिता आचार्य, माया बस्ताकोटी, दीपा आचार्य र सीता शर्माले सहयोग गरेका थिए ।








Post a Comment

 
Top