0
अनेरास्ववियु जनप्रिय बहुमुखी क्याम्पस कमिटीले कलेजकै प्रतिष्ठाको विषय रहेको विविए कार्यक्रमको प्रवेश परीक्षामा अनियमिता भएको भन्दै क्याम्पस प्रमुख समक्ष विहीबार ज्ञापन पत्र बुझाएको छ । अनेरास्ववियु क्याम्पस कमिटी अध्यक्ष दिपिन ढकाल र सचिव अनिलबाबु खड्काद्वारा हस्ताक्षरित विज्ञप्तिमा विविए कार्यक्रमको प्रवेश परीक्षामा अनियमितता भएको भनि धेरै अभिभावकको गुनासो आएको भन्दै अनेरास्ववियुले छानविनको लागि विद्यार्थीको डकुमेन्ट सहित त्रिभुवन विश्वविद्यालयले पठाएको लिखित नतिजा र कलेजले गरेको अन्तवार्ताको नतिजाको फोटोकपी उपलब्ध गराउन क्याम्पस प्रमुख समक्ष आग्रह गरेको छ । अनेरास्ववियु त्रिवि जिल्ला कमिटी उपाध्यक्ष सुजन लामिछाने र जिल्ला सदस्य क्षितिज पौडेलको नेतृत्वमा रहेको क्याम्पस कमिटीले ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्र बुझाउँदै क्याम्पस किमिटी अध्यक्ष दिपिन ढकालले कलेजकै प्रतिष्ठाको विषय रहेको विविए कार्यक्रममा अनियमितता भएको गुनासो आउनु कलेजकै बेईज्यतको विषय भएको बताए । अनेरास्ववियुले बुझाएको ज्ञापनपत्र बुझ्दै क्याम्पस प्रमुख विरञ्जी गौतमले यस्तो अनियमितता केही पनि नभएको र विश्वाश नलागे अनेरास्ववियुको कमिटीलाई मागबमोजिम विद्यार्थीको डकुमेन्ट सहितको रिजल्टसिट उपलब्ध गराउने बचन दिएको अनेरास्ववियु क्याम्पस कमिटी उपाध्यक्ष विनोद भण्डारीले बताए । विगत १२ वर्ष देखि त्रिभुवन विश्वविद्यालय अन्तर्गतको विविए कार्यक्रम संञ्चालन गर्दै आएको जनप्रिय क्याम्पसको विविए प्रवेश परिक्षामा अनियमितता भएको भएको भन्दै विवादहरु आईरहेका थिए ।





Post a Comment

 
Top