0
गोल्डेन न्यूज संवाददाता
नेकपा एमाले सार्दिखोला गा.वि.स.कमिटीको सातौं अधिवेशन शनिबार सम्पन्न भयो । अधिवेशनको उद्घाटन गर्दै ने.क.पा. एमाले पूर्व राष्ट्रिय प्रतिनिधि परिषद सदस्य पुण्य प्रसाद पौडेलले एमाले मात्र यो देशको सही पार्टी भएको बताए । उनले अब सबै गाँउबासीहरुले ब्यावसायिक कृषि अँगाल्नु पर्ने र आर्थिक विकासमा लाग्नुपर्नेमा जोड दिए । कार्यक्रममा जिल्ला कमिटी कास्कीका सचिवालय सदस्य एवं सार्दिखोला गाउँ कमिटी इन्चार्ज नारायण प्रसाद बाँस्तोला, मजदुर इलाका अध्यक्ष कर्णसिँ गुरुङ, क्षेत्र नं.४ क्षेत्रीय कमिटी सदस्य मिन वि.क., पूर्व गा.वि.स अध्यक्ष हर्क बहादुर घर्ति लगायतले आ–आफ्नो भनाइ राखेका थिए । 
अधिवेशनले बिक्रम गुरुङको अध्यक्षतामा १५ सदस्यीय कमिटी निर्वाचित भएको छ । कमिटीको उपाध्यक्ष हुकुम सिँ गुरुङ, सचिव बेगनाथ पौडेल, उपसचिव कर्ण बहादुर गुरुङ, सदस्यहरुमा क्रमशः तेजबहादुर गुरुङ, नरकाजी गुरुङ, यामबहादुर गुरुङ, कृष्ण गौतम, हर्क बहादुर तामाङ, कृष्ण परियार, कुशुम वि.क, होमनाथ आचार्य, निल बहादुर गुरुङ, आइराम तामाङ, प्रीतिराम तामाङ रहेका छन । निर्वाचित कमिटीलाई माछापुच्छ«े उ.मा.वि.का पूर्व प्रधानध्यापक मित्रलाल आचार्य, पुरुञ्चौर गाउँ कमिटीका सदस्य उमानाथ बास्तोला लगायतलेले बधाई दिएका थिए भने प्रमुख अथिति पुण्य प्रसाद पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।


Post a Comment

 
Top