0
गोल्डेन न्यूज संवाददाता
भरखरै मात्र ईलाका प्रहरी कार्यालय हंसपुर हालको डाँडाको नाक प्रहरी चौकीमा सरुवा भई आएका प्रहरी निरीक्षक मित्र बहादुर आचार्यले गुण्डा गर्दी र दुब्र्यशनी नियन्त्रणमा खुट्टा नकमाउने प्रतिबद्धता जनाएका छन््। लेखनाथ उद्योग वाणिज्य संघले शुक्रबार आयोजना गरेको स्वागत तथा छलफल कार्यक्रममा बोल्दै प्रहरी निरीक्षक आचार्यले कुनैपनि प्रकारको आर्थिक प्रलोभन,दवाव र सिफारीसमा आफू नचल्ने समेत स्पष्ट पारेका थिए । उनले जनताहरुसग सहकार्य गर्दै जनता कै सुझावमा काम गर्दै अगाडि वढ्ने र गुण्डा गर्दी, चोरी डकैतीहरुलाई ठाउँको ठाउँ कारवाही गरेर देखाउने प्रतिबद्धता समेत ब्यक्त गरे । लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले लेखनाथ नगरपालिकालाई कर्मथलो बनाएर आएका हंशपुर ईलाका प्रहरी कार्यालयका प्रमुखलाई सात तालको नगरी एवं कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मथलो लेखनाथमा समग्र उद्योगी र व्यवसायीको तर्फवाट लेखनाथमा स्वागत गर्दै समग्र लेखनाथको आर्थिक सामजिक विकासमा महत्वपूर्ण कार्य गर्नका साथै शान्ति सुरक्षा कायम राख्नका लागि जोड दिनु आग्रह गर्दै संघ त्यसका लागि सदैव सहयोग गर्न तयार रहने बताएका थिए ।



Post a Comment

 
Top