0
गोल्डेन न्यूज संवाददाता
छैटौं विग आईकनको ‘को–स्पोन्सर’ को रुपमा पोखरा सिनेप्लेक्स फाईनल भएको छ । विहिबार विग एफएमका मार्केटिङ म्यानेजर कमल बराल र पोखरा सिनेप्लेक्सका थिएटर म्यानेजर गोविन्द बाईजु रौनीयारबीच छैठौँ विग आईकनको ‘को–स्पोन्सर’ पोखरा सिनेप्लेक्स हुने विषयमा सहमति भएको हो ।  सहमतिपछि विग एफएमका मार्केटिङ म्यानेजर कमल बरालले पोखरामा पहिलोपटक आएको ‘सिनेप्लेक्स’सँग व्यवसायिक सहकार्य गर्न पाउँदा खुशि लागेको बताए । ‘यो दुवै पक्षको लागि फाईदाजनक सहमती हो ।’ बरालले भने–‘यसले विग आईकनको पछिल्लो सँस्करणलाई अझै ग्राण्ड बनाउन सहयोग गरेको छ र सँगसँगै पोखरा सिनेप्लेक्सको प्रचारलाई पनि सघाऊ पुग्नेछ ।’
 
त्यस्तै पोखरा सिनेप्लेक्सका थिएटर म्यानेजर गोविन्द बाईजु रौनीयारले पोखरामा व्यवसाय शुरुवात गरेसँगै विग आईकनजस्तो ईभेन्टमा जोडिन पाउँदा गर्व महशुस भएको बताए । ‘हामीले शुरु गरेको मल्टिप्लेक्स हललाई पनि पोखरामा ब्राण्डिङ गर्नु छ ।’ रौनीयारले भने–‘विग आईकन जस्तो ग्राण्ड ईभेन्टमार्फत हाम्रो मल्टिप्लेक्सको ब्रान्डिङ गर्न पाउँदा निकै खुशि लागेको छ ।’ पोखरा सिनेप्लेक्स पहिलो पटक पोखरामा शुरु भएको अन्तर्राष्ट्रिय मापदण्डको सिनेमा हल हो । हाल पोखरा सिनेप्लेक्सले दुईवटा अडिटोरियम संचालन गरिरहेको छ । मध्यम वर्गिय दर्शकलाई लक्षित गर्दै संचालनमा आएको यो मल्टिप्लेक्समा दर्शकले सिनेमासँगै खानपिन र खेलको मज्जा पनि लिन सक्छन् ।
 
मंसिरको शुरुवातसँगै शुरु हुने छैठौँ सँस्करणको विग आईकनमा हालसम्म टाईटल स्पोन्सरको रुपमा सामसुङ मोबाईल, सबटाईटल स्पोन्सरमा कान्साई नेरोल्याक पेन्ट्स नेपाल, प्रोमोटेड बाई टाईटलमा द ब्रिटिश कलेज थापाथली, को–स्पोन्सरमा यूरो एशिया एजुकेशन कन्सल्टेन्सी, सपोर्टेड बाई टाईटलमा एब्स्ट्रयाक्ट एजुकेशन नेटवर्क, टेलिभिजन पार्टनरमा एभिन्यूज टेलिभिजन, होटल पार्टनरमा होटल बाराहि, बैंकिङ पार्टनरमा गरिमा विकास बैंक, मिडिया पार्टनरमा कान्तिपुर साप्ताहिक, अनलाईन पार्टनरमा जक्शन डटकम, म्यागेजिन पार्टनरमा ‘यस’ म्यागेजिन र ट्राभल पार्टनरमा जिरो प्वाईन्ट ट्राभल्स एण्ड टुर्स रहेका छन् । छैठौँ विग आईकनमा सहभागिताको लागि यतिबेला एफएमले निःशुल्क रुपमा आवेदन फाराम वितरण गरिरहेको एफएमले जनाएको छ ।




Post a Comment

 
Top