0
फूलबारी क्लब पोखरा–११ को रजत महोत्सवको अवसरमा मावि तथा उमाविस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । क्लबका अध्यक्ष टुवराज बाँस्तोला (विशाल) को अध्यक्षतामा शनिवार सम्पन्न १८ विद्यालय सहभागी हाजिरीजवाफ प्रतियोगिताको सञ्चालन क्लबका सचिव हरिप्रसाद बास्तोलाले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि समाजसेवी माधवप्रसाद बास्तोला मधुले रचनात्मक कार्यले विद्यार्थी भित्र रहेको अन्तरनिहित प्रतिभाको प्रस्फुटन हुने हुँदा क्लबले निरन्तरता दिँदै अगाडि बढ्नु पर्ने बताए । कार्यक्रम संयोजक पदमराज बाँस्तोला (आकाश) ले स्वागत मन्तव्य व्यक्त गरेका थिए । आफ्नो रजतजयन्तीको अवसरमा विभिन्न रचनात्मक कार्य गर्दै आएको क्लबले निःशुल्क स्वास्थ्य शिविर, रक्तदान जस्ता कार्य गर्दै आएका छन् । सार्वजनिक पुस्तकायल सञ्चालन गर्दै आएको क्लबले रजतजयन्तीको अवसरमा स्मारिका प्रकाशन, खुल्ला रक्तदान, उद्घोषण तालिम लगायत रचनात्मक एवं प्रभावकारी कार्यक्रमको आयोजना गर्ने क्लबका अध्यक्ष टुवराज बास्तोलाले बताएका थिए । क्लबले जिल्लास्तरीय मावि तथा उमावि हाजिरीजवाफ प्रतियोगतामा बालमन्दिर उमावि प्रथम स्थान, अमर सिंह उमावि द्वितीय र छोरेपाटन उमाविले तृतीय स्थान हाँसिल गरेका थिए । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीयले क्रमशः ७ हजार, ५ हजार र ३ हजार नगद र प्रमाणपत्रले पुरस्कृत भएका थिए भने कास्की जिल्लाभरबाट सहभागी विद्यालयलाई प्रमाणपत्रसहित मायाको चिनो प्रदान गरिएको कार्यक्रम संयोजक बलराम भट्टराईले जानकारी दिए ।





Post a Comment

 
Top