0
गोल्डेन न्यूज संवाददाता
पोखराको चिप्लेढुङ्गामा प्रधान कार्यालय रहेको फेवा विकास बैंकका संचालकहरु बीचको झगडा उत्कर्षमा पुगेको छ । केही अघि पोखरामा नै प्रधान कार्यालय रहेको फेवा फाइनान्स र विश्व विकास बैं बीच एक आपसमा गाभिएर राष्ट्रिय स्तरको फेवा विकास बैंक भएको थियो । नेपाल राष्ट्रबैंकले बैंकहरुलाई पुँजी वृद्धि गर्ने नयाँ निर्देशिका जारी ग¥यो र कडाइका साथ कार्यान्वयनमा लगेको छ । फेवा र विश्व गाभिंदा समेत राष्ट्र बैंकले भनेजति पुँजी पु¥याउन फेवा विकास बैंकले सकेन । पुँजी वृद्धि गरि बैंक संचालन गर्न मर्जको आवश्यकता परेपछि सारथी खोज्दै जाँदा बिजनेश युनिर्भसल डेभलपमेन्ट बैंकसंग सम्झौता गर्न पुग्यो गत मंसिर १ गते । केही अघिमात्र विजनेश डेभलपमेन्ट बैंक र युनिभर्सल पनि एकआपसमा गाभिएका थिए । बिजनेस युनिर्भसलसंग मर्ज हुने विषयले फेवामा रडाको मच्चायो । बैंक संचालक बीचको विवाद उत्कर्षमा पुगेपछि सोमबारको बोर्ड  बैठकले फेवाका वहालवाला अध्यक्ष जगन बहादुर गुरुङलाई पदमुक्त गरि नयाँ अध्यक्षमा रामभक्त जोजिजुलाई चयन ग¥यो । तर पदमुक्त गरिएका बैंकका अध्यक्ष गुरुङले मंगलबार १३ बुँदे लामो प्रेस विज्ञप्ति जारी गर्दै कानून बमोजिम आफलाई कसैले हटाउन नसक्ने र आफू बैंकको अध्यक्ष कामय नै रहेको दावी गरेका छन् । प्रेस विज्ञप्ति मार्फत उनले बैंक को नियम, धारा सबै केलाएका छन् र आफू बैधानिक रुपमै अध्यक्ष रहेको दावी गरेका छन् । बैंकको नियमावलीमा अध्यक्ष वा संचालक समितिलाई हटाउन सक्ने व्यवस्था साधारण सभालाईमात्र रहेको भन्दै गुरुङले बहुमत संचालकहरुले अध्यक्ष चयन गर्ने व्यवस्था ऐन र नियमावली छ तर अध्यक्षबाट हटाउने र स्पष्टिकरण सोधिने व्यवस्था नभएको दावी गरेका छन् । फेवा विकास बैंकको नियमावली २०६४ तथा संशोधित नियमावली २०७२ नियम २७ (८) मा व्यवस्था भए बमोजिम आफू नै अध्यक्ष भएको उनले दावी गरेका छन् । उनले भनेका छन्–‘नियमावलीमा व्यवस्था भए बमोजिम बैंकको अध्यक्ष आठौं साधारणस सभा नभएसम्मका लागि संचालक समितिको अध्यक्ष म जगनबहादुर गुरुङ रहने किटानी व्यवस्था गरेको छ ।’

यसैसंग सम्बन्धित रहेर प्रेस विज्ञप्तिको  बुँदा नं. ७ मा उनले आफू विश्व विकास बैंकको स्थापनाकाल देखि नै अध्यक्ष रहेको, फेवा र विश्व गाभिएपछि पनि अध्यक्ष रहेकोले यहि पौष मसान्तभित्र सम्पन्न हुने बैंकको पहिलो साधारणसभाले अध्यक्ष र संचालकहरु चयन गर्ने व्यवस्था बैंकको नियमावलीमा रहेको स्पष्ट पारेका छन् । उनले विज्ञप्तिमा उल्लेख गरेका छन्–‘मर्जरपछिको पहिलो साधारणसभामा (जुन यसै वर्षको पौषभित्र नै सम्पन्न हुनुपर्ने) म अध्यक्ष लगायत सबै संचालकहरुको निर्वाचन हुने व्यवस्था बैंकको नियमावलीमा भएको र निर्वाचन पछिको संचालकहरु मध्येबाट अध्यक्ष चयन हुने व्यवस्था भएकाले म वा कसैले अध्यक्ष पद छोड्ने वा हुने दावी गरेमा अर्थहिन हुनेछ ।’ बैंकभित्र कुनै विवाद नरहेको स्पष्ट पार्दै गुरुङले विज्ञप्तिको आठौं बुँदामा भनेका छन्–‘फेवा विकास बैंक संचालक समितिले बैंक मर्जरमा जान निर्णय गरि माउमा हस्ताक्षर गर्न अध्यक्ष वा मर्जर कमिटी संयोजकले हस्ताक्षर गर्ने भनि संचालक समितिले निर्णय गरिसकेकाले सो बारेमा विवाद गर्नुपर्ने कुनै कुरा देखिंदैन ।’

बैंक मर्जरमा जाने निर्णयविरुद्ध आफूले कुनैपनि कार्य नगरेको स्पष्ट पार्दै गुरुङले विज्ञप्तिमार्फत भनेका छन्–‘मर्जरपछि साधारणसभा नभएसम्मका लागिमात्र गठित संचालक समितिले मर्जरजस्तो बैंकको भविष्यको निर्णय गर्ने ठूलो निर्णय नगर्न २५ प्रतिशत भन्दा बढी शेयरधनीहरुले संचालक समितिमा गत कार्तिक ३० गते निवेदन दिएपछि पनि मर्जर गर्न माउमा हस्ताक्षर भएपछि र नेपाल राष्ट्रबैंकमा निवेदन दर्ता भएपछि मैले नेपाल राष्ट्र बैंकमा अर्जर विरुघ कुनै पनि निवेदन दिएको छैन र मौखिक रुपमा पनि भनेको छैन ।’

नियमावलीमा बैंक संचालक समितिको बैठक बोलाउने अधिकार र दायित्व अध्यक्षलाई मात्र रहेको र बैंकको लेटरप्याड प्रयोग गरि पत्राचार गर्ने अधिकार नभएको दावी गर्दै गुरुङले किशोर ओझासहितका बैंक संचालकहरुलाई गम्भीर आरोप लगाएका छन् । उनले नियम विपरित ३ वटा बैठक बोलाइसकेको समेत आरोप लगाए । उनले विज्ञप्तिमा भनेका छन्–‘संचालकहरुले अध्यक्षलाई बैठक बोलाउन नियमावली अनुसार अनुरोध गर्ने र अध्यक्षले बैठक नबोलाएमा आफैले बोलाउने व्यवस्था १ पटकमा १ वैठकका लागिमात्र व्यवस्था गरिएको छ । अध्यक्षले बैठक नबोलाएमा निरन्तर पटक–पटक बैठक बोलाउने व्यवस्था बैंकको नियमावली र कम्पनी ऐन तथा बैंक वित्तिय संस्था सम्बन्धी ऐन २०६३ मा गरेको छैन । बैठक बोलाउने अधिकार र दायित्व अध्यक्षलाई मात्र ऐन नियमावलीमा दिएको छ संचालकलाई दिएको छैन । (फेवा विकास बैंकका संचालकले सो नियम र नियमावली विपरित तीव वटा बैठक बोलाइ सकेको छ) र संचालकले बैंकको लेटर प्याड प्रयोग गरि पत्राचार गर्ने अधिकार छैन तर संचालक किशोर ओझा सहितका संचालकहरुले लेटर प्याड प्रयोग गरिरहेका छन् ।’ 

बैंक संचालक समितिमा विवाद भएमा समाधान गर्न भनि मंसिर १८ गते बोलाएको बैठकमा ६ जना संचालकहरु सहभागी नभएको स्पष्ट पार्दै गुरुङले बैंक संचालकहरुले मनोमानी ढङ्गले बैठक बोलाउने, बैठक बोलाएको दिन र समयमा बैठकमै नगई अर्को दिनको बैठकबाट निर्णय गर्ने गरेको आरोप समेत लगाएका छन् । उनले केही वर्ष अघि फेवा फाइनान्समा देखिएको विवादलाई समेत कोट्याएका छन् । मर्जर कमिटी संयोजक एवं पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापाप्रति लक्षित गर्दै उनले विज्ञप्तिमार्फत भनेका छन्–‘स्मरणीय के छ भने निज संचालक विन्दुकुमार थापाको नेतृत्वमा तत्कालिन फेवा फाइनान्स लिमिटेडमा पनि अध्यक्ष हटाउने प्रयासलाई सम्मानित पुनरावेदन अदालत पोखराले संचालक समितिको अध्यक्ष पदबाट नहटाउन अन्तरिम आदेश र फैसला गरेको नजिर छ । सोमबार पुनरावेदन अदालत पोखराका न्यायाधीश सत्यराज गुरुङको एकल इजालसले पनि गुरुङलाई अध्यक्ष पदबाट नहटाउन अन्तरिम आदेश गरेको छ । 

यता, बिजनेस युनिभर्सल डेभलपमेन्ट बैंक फेवा विकास बैंकसँग मर्ज नहुने भएको छ । मर्जरबारे फेवाका अध्यक्ष जगन गुरुङ र अन्य सञ्चालकबीच विवाद भएपछि बिजनेस मर्जरबाट पछि हटेको बताइन्छ । फेवा विकास बैंकका मर्जर कमिटी संयोजक बिन्दुकुमार थापा र बिजनेसका संयोजक दिनेशशंकर पालिखेले मर्जर सहमतिमा हस्ताक्षर गरेर राष्ट्र बैंकमा बुझाएका थिए । त्यसको आधा घन्टापछि फेवाका अध्यक्ष जगन समूहले असहमति पत्र दर्ता गराएको भन्दै नेपाल राष्ट्र बैंकले फेवा विकास बैंकलाई स्पष्टीकरण सोधेको थियो । बैंकमा विवाद उत्पन्न भएपछि तत्कालिन फेवा फाइनान्सका ग्राहकहरुले बढी असन्तुष्टि जनाएको बताइन्छ । यो संगै बैंकको सेवा समेत खस्किएको अनुमान गरिएको छ ।


Post a Comment

 
Top