0
गोल्डेन न्यूज संवाददाता
एक करोडको राहत सामाग्री वितरण गर्दै पोखरा लेकसाईडमा स्थापना भएको भूकम्प पीडित राहत संकलन पर्यटन समिति विघटन भएको छ । वैशाख १२ गते नेपालमा आएको विनाशकारी भूकम्पबाट प्रभावितहरुको लागि सहयोग गर्ने उद्देश्यले वैशाख १३ गते पोखरामा स्थापना भएको उक्त समितिले विहीबार २९ लाख २० हजार २ सय नगद सहित जिन्सी सामाग्री गरी एक करोड मूल्य बराबरको राहत सामाग्री भूकम्प प्रभावितहरुलाई वितरण गरिएसंगै विहीबारदेखि उक्त समिति विघटन गरिएको छ । खाद्य सामाग्रीतर्फ १३ लाख २ सय, यातयात तर्फ १५ लाख, त्रिपाल तथा कम्वल तर्फ १२ लाख ३५ हजार, औषधितर्फ ७० हजार, लक्ता कपडा तर्फ १ लाख ५० हजार र स्टेशनरीतर्फ १५ हजार खर्च भएको कोषाध्यक्ष लक्ष्मण बरालले जानकारी दिए ।  विहीबार पोखरामा एक समारोहका वीच भूकम्प प्रभावितहरुलाई सहयोग गर्ने दाताहरुलाई प्रशंसा पत्र वितरण गर्दै उक्त समिति औपचारिक रुपमा समापन भएको समितिका संयोजक गणेश बहादुर भट्टराईले बताए । समितिसंग ३ लाख मूल्य बराबरको त्रिपाल र कम्वल रहेकोले उक्त राहत सामाग्री पोखरा पर्यटन पुनर्जागरण समितिलाई प्रदान गरेकोे छ । कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले भूकम्प प्रभावितहरुलाई सहयोग गर्ने दाताहरुलाई प्रशंसा पत्र वितरण गर्दै राज्यलाई सहयोग पुग्ने गरी विपदको समयमा पर्यटन व्यावसायीहरुले पु¥याएको भन्दै देशमा भएको संकटको वेलामा पनि सहयोग गर्न आग्रह गरेका छन । भूकम्पपछि पोखरा क्षेत्रबाट मिछेकी जिल्ला सहित भूकम्प प्रभावित क्षेत्रमा हवाई मार्गबाट २ सय ६७ टन राहत सामाग्री र सडक मार्ग हुदै ३ सय १६ टन राहत सामाग्री प्रदान गरेको उनले जनाए ।
 
प्रजिअ राउतले भने–हाल बजारमा माग र आपूर्तिको व्यवस्थापन नहुँदा बजारमा कालोबजारी मौलाएको छ ।’ केहि संस्था वा होटल तथा रेष्टुरेण्टहरुको लागि केहि ईन्धन ल्याउन सहज बनाउँदा केहि व्यक्तिहरुले त्यसलाई दुरुपयोग गरी पेशाको रुपमा कालोबजारी गर्दै आएकोले अब उनीहरु उपर प्रशासन कडा रुपमा उत्रिने उनले चेतावनी दिए। देशमा हाल विग्रदै गएको आर्थिक व्यबस्थालाई सन्तुलन राख्न सवैले सहयोग गर्नुपनेमा उनले जोड दिए । पोखरा पर्यटन परिषद्का अध्यक्ष सोम थापाले केन्द्र सरकारले क्षेत्रलाई कहिल्यै प्राथमिकतामा नराखेको गुनासो गरे । पर्यटन व्यवसायी टिकाराम सापकोटाले यहि अबस्थामा दुई साता अघि बढे पर्यटन क्षेत्र बन्द गर्नु पर्ने अवस्था आउने बताए । अभावै अभावले पर्यटन क्षेत्र गुज्रेको बताउँदै उनले अभावको बेला कालोबजारी मौलाएको र त्यसलाई रोक्न स्थानीय प्रशासनले नसकेको बताए । पर्यटन व्यावसायी अग्नी कर्णेल, चौ बहादुर गुरुङ, लक्ष्मण बराल, संजय सिग्देल, जयराम तिमिल्सिना, दोर्जे लामा लगायतले भूकम्प पछि नेपाल भ्रमणमा आएका पर्यटकहरुलाई सेवा सुविधा दिन नसेकेको कारणले यसले विश्व बजारमा दिर्घकालीन असर पर्ने भएको भन्दै चिन्ता व्यक्त गरेका थिए ।




Post a Comment

 
Top