0
गोल्डेन न्यूज संवाददाता
भूकम्प पीडितका नाममा नेताका छोराछोरी विदेश गएको भन्दै एमाओवादी पार्टीमा चर्को आलोचना भैरहेका बेला कृषिमन्त्री एवं एमाओबादी कोषाध्यक्ष हरिबोल गजुलले केही मन्त्री र नेतालाई कारवाही गर्नुपर्ने बताएका छन् । क्रान्तिकारी पत्रकार संघ कास्कीले आइतबार पोखरामा आयोजना पत्रकार सम्मेलनमा बोल्दै मन्त्री गजुरेलले एमाओवादी पार्टीलाई सुधार्न दुई चार जना मन्त्री र पार्टीका सात आठ जना नेतालाई कार्वाही गर्नुपर्ने बताएका हुन् । उनले आफूले केन्द्रीय समितिको बैठकमासमेत गल्ती गर्नेलाई कार्वाही गर्नुपर्ने भनाई राखेको जानकारी दिँदै एमाओबादी पार्टीमा क्यान्सर लागेको र त्यसलाई निको पार्न शल्यक्रिया गर्नुपर्ने बताए । उनले नाताबाद र कृपाबाद पञ्चायतकालदेखि चल्दै आएको भन्दै नाताबाद र कृपाबादको रोग अझै कायम रहेको बताए । मन्त्री गजुरेलले आफूले आफ्ना नातापातालाई कुनै पनि ठाँउमा स्थान नदिएको दावी समेत गरे । उनले भने,–‘मैले नातापर्नेलाई राख्न सक्थे तर राखेको छैन, बदल्ने हामीले हो, नेताले नै त्यस्तो गरेपछि अरुले के सिक्ने, परिर्वतन आफैबाट गर्नुपर्छ ।’ मन्त्री गजुरेलले एमाले अध्यक्ष ओली नेतृत्वको सरकारको विकल्प हुन नसक्ने जिकिर गरे । अहिल्यै वर्तमान सरकारको विकल्प खोज्न नसकिने बताउँदै उनले भने,–‘ओली नेतृत्वको सरकारमा कांगे्रस हुनुपथ्र्यो, नहुदाँ समस्या भएको छ तर पनि सरकारको विकल्प छैन । यो सरकार संकटपूर्ण अवस्थामा बनेकाले अहिले सरकारको विभाजन हुनुहँुदैन र जनतापनि त्यो चाहदैनन् ।’ 

कृषिमन्त्री गजुरेलले अवको दुई वर्षमा नेपालाई कृषिमा आत्मनिर्भर बनाउने तयारीमा सरकार लागेको बताए । कृषिमा आत्मनिर्भर बनाउने गरि २७ ओटा प्रतिबद्धता सार्वजनिक गरेको जानकारी दिंदै कृषिबाटै देशलाई आर्थिक समृद्धि तर्फ अग्रसर गदै आत्मनिर्भर बनाउन सकिने बताए । उनले नेपालमा बार्षिक १४ अर्वको धानमात्रै आयात हुने गरेको जानकारी दिदै कृषिमा आत्मनिर्भर हुदै निर्यात र प्रतिस्पर्धा गर्ने सक्ने बनाउनुपर्नेमा जोड दिए । यसै सन्दर्भमा उनले नेपाल पहिला कृषिमा आत्मनिर्भर भएको र अहिले परनिर्भर भएको बताएपछि उदाहरण दिने क्रममा हामीले १४ अरबको धान आयात गछौँ भन्नुपर्नेमा झुक्किएर १४ अरबको धान निर्यात गछौँ भने । पत्रकार सम्मेलनमा उपस्थित पत्रकार र केहि कार्यकर्ताले निर्यात ! निर्यात ! भन्दा पनि मन्त्री गजुरेलले आफ्ना भनाइ अगाडि बढाइरहे । जसकारण धेरैलाई मन्त्री झुक्किएको पनि पत्तो भएन । मन्त्रीसँगै बसेका एमाओवादी कास्कीका अध्यक्ष दिपक कोइराला र क्रान्तिकारी पत्रकार महासंघ कास्कीका अध्यक्ष त्रिभुवन पौडेलले पनि मन्त्रीलाई निर्यात होइन आयात भन्न भ्याएनन । सायद २ अध्यक्षले वास्ता गरेनन वा मन्त्री झुक्किएकै थाहा पाएनन् । कार्यक्रममा उपस्थित पत्रकारले मन्त्रीको भनाइ र आशय बुझे पनि बोल्दा झुक्किएको र बोल्ने कुराको याद नगरेको भन्दै पत्रकारहरुमा केही चर्चा पनि भयो । क्रान्तिकारी पत्रकार संघ कास्कीका संयोजक त्रिभुवन पौडेलको अध्यक्षतामा कार्यक्रममा विभु भुषालले संचालन गरेका थिए ।



Post a Comment

 
Top