0
गोल्डेन न्यूज संवाददाता
पुनरावेदन बार पोखरा तथा कास्की जिल्ला बार एशोसिएशनले मङगलबार ५९आंै नेपाल बार स्थापना दिवस संयुक्त कार्यक्रम गरी मनाएका छन । २०१३ सालमा सर्बोच्च अदालत ऐन तथा नियमावली लागू भएपछि सोही सालको पौष ७ गते बिधिवत रुपमा नेपाल वारको स्थापना भएको थियो ।  पुनाराबेदन अदालत बारका अध्यक्ष खगेन्द्रराज आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा पुनराबेदन अदालतका मुख्य न्यायधीश डम्बर बहादुर शाहीले  स्वतन्त्र न्यायपालिकाका लागि अभिन्न अङ्गको रुपमा नेपाल बार रहेको बताउँदै बार बेञ्च बिनाको न्यायपालिका अपाङ्ग जस्तै हुने हुदा न्यायपालिका र निष्पक्ष न्यायका लागि सबैको साथ र सहयोगको आबश्यक हुने बताए ।
वरिष्ठ अधिवक्ता तिलक आचार्य, जिल्ला न्यायाधिश नागेन्द्रलाल कर्ण, बार काउन्सिलका पश्चिमाञ्चल पार्षद मोहननाथ कोइराला, पुनरावेदन सरकारी वकील कार्यालयका सहन्यायधिवक्ता गणेशबाबु अर्याल, बारका पूर्व अध्यक्ष रामप्रसाद घिमिरे, बार काउन्सिलका पूर्ब पार्षद हरि सुबेदी लगायतले बार स्थापनाको पृष्ठभूमि र नेपाल बारको अबस्थाबारे बोलेका थिए । जिल्ला तथा पुराबेदन अदालतका न्यायाधिशहरु, कानुन ब्यबसायी, रजिष्ट्रार, सह न्यायधिबक्ताहरु तथा कर्मचारीहरुको उल्लेख्य सहभागीता रहेको कार्यक्रममा कास्की जिल्ला बारका अध्यक्ष सोमबहादुर श्रेष्ठले स्वागत तथा पुनराबेदन बारका सचिव इन्द्र प्रसाद बरालको संचालनमा भएको थियो ।













Post a Comment

 
Top