0
गोल्डेन न्यूज संवाददाता
 मानव मिलन नारी जागरण नेपाल संस्थाद्वारा संचालित “स्व. ईन्दिरा स्मृति मानव मिलन नारी पुरस्कार २०७२” छनौट समिति गठन गरिएको छ । संस्थाको सोमवार बसेको कार्यसमिति बैठकले गीता लामिछाने विष्टको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो । जसमा सदस्यहरुमा दुर्गा देवी वाँस्तोला, संस्थका अध्ययक्ष पार्वती पौडेल, सचिव कमला गिरी र परिवारका सदस्य स्व. ईन्दिरा क्षेत्रीका छोरी सुस्मिता क्षेत्री रहेका छन् । समाजमा निरन्तररुपमा विभिन्न क्षेत्रमा संलग्न भई महिला विकासमा टेवा पु¥याएका एक जना महिलालाई  पुरस्कार प्रदान गरिने संस्थाका संस्थापक अध्ययक्ष सावित्री शर्माले बताइन् । प्रत्येक वर्ष प्रदान गरिने पुरस्कारमा १० हजार एक सय एकाउन्न नगद राशी सहित ताम्रापत्र र दोसल्ला रहेको छ । संस्थाका संस्थापक कोषाध्यक्ष स्व. ईन्दिरा क्षत्रीको स्मृतिमा संस्थाको पहलमा स्वर्गीयका परिवार र साथीहरुको सहयोगमा अक्षयकोषको स्थापना गरी पुरस्कार संचालन गरिएको छ । स्व. ईन्दिरा क्षेत्रीको २०६९ साल पौष ११ गते सडक दुर्घटनामा परी निधन भएको थियो । संस्थाले यस अघि दुई जना व्यक्तिलाई सम्मान गरिसकेको छ ।  

Post a Comment

 
Top