0
गोल्डेन न्यूज संवाददाता
 लायन्स क्लब अफ पोखरा गण्डकी र गाइनोक्लोजिस्ट एशोसिएसन अफ पोखरा च्याप्टरको आयोजना र थ्री एन्जल्स नेपालको सहयोगमा शनिबार पोखराको पार्दी स्थित जिल्ला कारागारमा रहेका बन्दीको स्वास्थ्य परीक्षण गरिएको छ। कार्यक्रमका प्रमुख अतिथि पिएमसिसि प्रेमबहादुर श्रेष्ठले कैदीबन्दी सूर्यमाया दाहाललाई पे्रस्क्रिप्सन दिएर कार्यक्रमको उद्घाटन गरेका थिए। 
उनले बन्दीका लागि गरिएको स्वास्थ्य परीक्षण तथा कम्मल वितरण कार्यक्रम निकै राम्रो भएको बताए। लायन्स क्लब अफ पोखरा गण्डकीका अध्यक्ष सीता पाण्डेले लायन्सले स्वास्थ्य, शिक्षा र सरसफाइका कार्यलाई जोड दिने बताइन्। नेपाल सोसाइटी अफ अब्ष्टे«टीक्स एण्ड गाइनोकोलोजी पोखराका अध्यक्ष डा. निरजकुमार दुबेले चिसो मौसमसँगै विभिन्न रोगले मानिसलाई सताउने हुँदा कारागारमा रहेका बन्दीको स्वास्थ्य परीक्षण गरिएको बताए।
थ्री एन्जल्स नेपालका संस्थापक अध्यक्ष राजेन्द्र गौतमले कास्की कारागारमा आठ वर्षदेखि महिला र बालबालिकाको क्षेत्रमा क्रियाशील रहेको बताउँदै यस्ता कार्यक्रम दुर्गम जिल्लामा लिएर जान सके अझ सार्थक हुने विचार राखे। कास्की कारागार प्रमुख हरिप्रसाद गौतमले कारागारमा विभिन्न खालका बन्दी रहेको बताए। उनले बन्दी भन्ने बितिकै घृणाको भावले हेर्न नहुनेमा जोड दिए।
सो अवसरमा कारागारमा रहेका पाँच सय ४९ कैदीको स्वास्थ्य परीक्षण गरी औषधि वितरण गरिएको थियो। शिविरमा डा. निरजकुमार दुबे, डा. भोजराज न्यौपाने, डा. चण्डिका पण्डित, डा. राजेश अधिकारी, डा. जुना श्रेष्ठ, डा. राजेन्द्र तिवारी, डा. पदम ढुङ्गाना, डा. गोमा तुलाचन, डा. आशिक श्रेष्ठ, डा. डोलेन्द्र आर्चाय, डा. अभिषेक वाग्ले, डा. आषिका श्रेष्ठलगायतले स्वास्थ्य परीक्षण गरेका थिए। शिविरमा प्राविधिक सहयोग फेवा सिटी हस्पिटल एण्ड रिसर्च सेन्टर र प्रयोगशालासम्बन्धी परीक्षणमा प्राविधिक सहयोग युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)ले गरेका थिए। 
लायन्स क्लब अफ पोखरा गण्डकीका अध्यक्ष सीता पाण्डेलको अध्यक्षतामा भएको कार्यक्रममा डिष्ट्रिक्ट डिजाष्टर कमिटी मेम्बर उषा गौतमले स्वागत, क्लबका प्रथम उपाध्यक्ष शारदा शर्माले धन्यवाद ज्ञापन र निर्वतमान अध्यक्ष मन्जु पन्तले ध्वजाको अभिवादन गरेका थिए। उक्त कार्यक्रमको सञ्चालन संस्थाका सचिव मना थापाले गरेकी थिइन्। सो अवसरमा कैदीबन्दीलाई कम्मल पनि वितरण गरिएको छ।







Post a Comment

 
Top