0

गोल्डेन न्यूज संवाददाता
 नेपालको पर्यटकीय शहर पोखरा मध्ययुगमा आएका तीन शक्तिशाली भूकम्पपछिको भग्नावशेषबाट बनेको दाबी एक अनुसन्धानले गरेको छ । अन्वेषकहरुका अनुसार पोखरा उपत्यकामा सन् ११००, १२५५ र १३४४ मा आठ म्याग्निच्युड आसपासका ३ भूकम्प गएका थिए । जर्मनीको पोट्सडम युनिभर्सिटीको नेतृत्वमा वैज्ञानिकहरुको अन्तर्राष्ट्रिय टोलीले यस विषयमा अनुसन्धान गरी प्रतिवेदन सार्वजनिक गरेको हो । मध्ययुगीन भूकम्पहरुले सो क्षेत्रमा ठूलो भौगोलिक उथलपुथल ल्याएको प्रतिवेदनमा उल्लेख छ । ‘भुकम्पले ठूलो परिमाणमा संरचनाहरु भत्किनुका साथै जनधनको व्यापक क्षति भएको थियो । अन्नपूर्ण हिमश्रृंखलाको ६० किलोमिटर क्षेत्रसम्म चट्टान ढुंगा र बालुवाहरु छरिएका थिए । यसबाट भौगोलिक तथा आर्थिक पुनर्संरचना सुरु भएको हो ।’ वैज्ञानिकहरुले भनेका छन् । भूकम्पका क्रममा खसेको ठानिएको एउटा ठूलो ढुंगामा वैज्ञानिकहरुको ध्यान आकृष्ट भएको थियो । अध्ययनमा संलग्न जर्मन रिसर्च सेन्टरका त्रिस्टोफ एन्डरम्यानका अनुसार उक्त ढुंगो १० मिटर परिधि र ३०० टन तौलको छ ।









Post a Comment

 
Top