0
गोल्डेन न्यूज संवाददाता
पोखरा नयाँबजार निवासी सगुन गुरुङ र लक्ष्मण गुरुङले आफ्नो विवाहको नवौं वर्ष पुगेको अवसरमा पोखरा वृद्धाश्रममा भोजन तथा कपडा सहयोग गरेका थिए । मंगलबार वृद्धाश्रममा पुगेर सगुन र लक्ष्मणले भोजनका लागि नगद १० हजार तथा जाडोमा ओढ्नका लागि ६५ थान पछ्यौरा प्रदान गरेका हुन् । हाल बेलायतमा बस्ने दुवै जना कार्यक्रमका लागि आफ्ना बुबा आमा सहितका आफन्तको साथमा वृद्धाश्रम पुगेका हुन् । उनीहरुले आगामि दिनमा समेत सहयोग गर्ने बताएका थिए  भने सहयोगप्रति वृद्धाश्रम परिवारले कृतज्ञता प्रकट गरेको छ । त्यस्तै पोखरा १७, विरौटा बस्ने खड्क बहादुर गुरुङले आफ्नी दिवंगत आमा बत्ती गुरुङको सम्झनामा खानाको व्यवस्था गर्नुका साथै विस्कुट र मोजा लगायतका सामग्री वितरण गरेका थिए । 
पोखरा वृद्धाश्रममा जन्मदिन, वैवाहिक वर्षगाँठ, आफ्ना दिवगंत आफन्तहरुको सम्झना तथा सेवाभावले सहयोगी दाताहरु पुग्ने गर्दछन् । निर्माण, अक्षयकोष, स्वास्थ्योपचार, दाहसंस्कार, आजीवन सदस्य लगायतका विभिन्न शीर्षकहरुमा नगद तथा लत्ता कपडा, खाद्यन्न सामग्री दिएर सहयोग गर्न सकिने वृद्धाश्रमका अध्यक्ष बसन्तकेशव पराजुलीले जानकारी दिए । पछिल्लो समयमा खाद्यन्न, हरियो तरकारी, नुहाउने, लुगा घुने तथा भाँडा सावुन, सरफ, सरसफाईका लागि हरपिक फिनेल लगायतका सामनहरुको अभाव हुन लागेको वृद्धाश्रमले जनाएको छ ।








Post a Comment

 
Top