0
गोल्डेन न्यूज संवाददाता
छैठौँ विग आईकन अन्तर्गत चौथो चरणको अडिसनका लागि ६२ जना गायन प्रतिभाहरु छनौट भएका छन् । मंगलबार र बुधबार दुई दिनसम्म चलेको तेस्रो चरणको अडिसनबाट उनीहरुले अघिल्लो चरणका लागि कार्ड प्राप्त गरेका हुन् । तेस्रो चरणको अडिसनमा कुल ७९ जना प्रतिस्पर्धीहरुले सहभागिता जनाएका थिए । विग आईकनमा ४२ जिल्लाका कुल ९ सय ३ जनाले सहभागिता जनाएका थिए । चौथो चरणको अडिशन भने आगामी शनिबार हुने आयोजक संस्था विग एफएमका कार्यक्रम सँयोजक संजोग बस्यालले जानकारी दिए । बुधबार भएको तेस्रो चरणको अडिसनको अन्तिम दिन गायकहरु कर्ण दास, विवेक श्रेष्ठ र विनोद बाँनिया निर्णायक रहेका थिए । ‘प्रतियोगितामा आएका प्रतिस्पर्धीहरुले धेरै संभावना देखाएका छन् ।’ निर्णायक मध्येका एक कर्णदासले भने–‘यो पटक साँगीतिक क्षेत्रले धेरै जना गायन प्रतिभाहरुलाई पाउने निश्चित छ ।’ कार्यक्रममा उनीहरुसँगै निरन्तर रुपमा श्यामसुङ तामाङ र सुनील थापा पनि निर्णायकको रुपमा रहेका छन् । छैटौं बिग आइकनको विजेताले उपाधिसंगै १ लाख ७५ हजार बराबरको हिरो ड्यास स्कुटर र बेलायतको सांगीतिक यात्रा पुरस्कार स्वरुप पाउनेछन् । त्यस्तै दोस्रो हुने प्रतिस्पर्धीले ७५ हजार र तेस्रो हुने प्रतिस्पर्धीले ५० हजार बराबरको पुरस्कार प्राप्त गर्नेछन् ।











Post a Comment

 
Top