0
गोल्डेन न्यूज संवाददाता
स्याङ्जाको दरौँ शिरुबारीलाई जोडेर बनाईएको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।  भिडियोको पोखरामा आयोजित एक कार्यक्रममा पुनरावेदन अदालत पोखराका न्यायाधिश सत्य राज गुरुङ्गले विमोचन गरेका हुन् । विमोचन कार्यक्रममा वोल्दै पुनरावेदन अदालतका न्यायधिश गुरुङ्गले सवैले आफ्नो गाउँको प्रर्वद्धनमा सक्दो सहयोग गर्नेहो  भने गाँउको विकास एक वषर््ामै सम्भव हुने दावी गरे ।
 
उनले भने–“सवै नेपालीले आफ्नो ठाँउको विकासमा सक्दो सहयोग गर्ने हो भने कोहि पनि सहर मुखी हुनु पर्दैन, सवै कुरा गाउँमै उपलव्ध हुन्छ ।” भिडियोका निर्देशक घनश्याम लामिछानेले भिडियोलाई सकेसम्म गीतको भावअनुसार लैजान खोजेको जानकारी दिए । निर्देशक लामिछानेले भने–‘गीतको अडियो जसरी अहिले हिट भैरहेको छ भिडियोलाई पनि दर्शकहरुले त्यसरी नै मन पराईदिनुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।’ प्रेम विछोडको भाव बोकेको सो लोक गीत राजु परियारले लेखेका हुन् भने स्वर पनि परियारकै रहेको छ । खासमा यो गीत उनको वास्तविक जीवनसँग मेल खाने भावको भएको यसको निर्माण यूनिटले जनाएको छ । ‘यो एउटा गज्जबको गीत हो । जुन गीत गायक राजु आफैको जीवनसँग पनि जोडिएको छ ।’
 
२०७२ सालको म्यूजिक खवर अवार्डद्धारा पुरस्कृत सो गीत अहिले सर्वाधिक हिट भैरहेको छ । राजु परियार धेरै पछि यहि गीतबाट पुनः लोकगायनको क्षेत्रमा सक्रिय भएर आएका हुन् । बीचमा राजु परियार केहि समय लोकसंगीतबाट गायब जस्तै थिए । यो गीतको भिडियोलाई घनश्याम लामिछानेले निर्देशन गरेका हुन् । दरौँ शिरुबारी क्षेत्रमै छायाँकन भएको भिडियोमा गुरुङ फिल्मका महानायक तथा सस्कृती कर्मी ताराबहादुर गुरुङ र मोनिका दाहालले अभिनय गरेका छन् । भिडियोमा तेज गिरी सहायक भूमिका देखिएका छन् । त्यस्तै भिडियोमा अभियन गरेका ताराबहादुर गुरुङले दरौँ शिरुबारी जस्तो राम्रो गीतमा अभिनय गर्न पाउँदा निकै खुशि लागेको बताए । उनको जन्मस्थान पनि दरौँ शिरुबारी नै हो । ‘आफ्नै जन्मस्थानसँग जोडिएको गीतमा अभिनय गर्नु मेरो लागि अहोभाग्य हो ।’ महानायक गुरुङ्गले भने । त्यस्तै अभिनेत्री मोनिका दाहालले पनि गीतमा अभिनय गर्न पाउनु आफ्नो लागि निकै उत्कृष्ट अनुभव भएको बताईन् । यो भिडियोलाई लक्ष्मी गुरुङले निर्माण गरेकी हुन् । प्रकाश गुरुङ ‘काश’ले खिचेको यो भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् ।



Post a Comment

 
Top