0
गोल्डेन न्यूज संवाददाता
राष्ट्रिय उच्च माविको ६७ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोह आइतबार सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि कास्कीका जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद अधिकारीले शैक्षिक क्षेत्रमा राजनीति गर्न नहुने बताए। उनले भने–‘नेपालको शैक्षिक क्षेत्र राजनीतिका कारण अस्तब्यस्त भएको छ।’ अब गुणस्तरीय शिक्षाका लागि समुदायले नै अग्रसर भइ पहल गर्नु पर्ने उनको भनाइ थियो। उच्च माध्यमिक शिक्षा परिषद् पोखराका प्रमुख अशोक न्यौपानेले अब विश्व बजारलाई हेरेर शैक्षिक उत्पादन गर्नुको विकल्प नभएको बताए। उनले यसले नेपालको शैक्षिक वेरोजगारीलाई पनि कम गर्ने उल्लेख गरे। कार्यक्रममा विद्यालयका प्राचार्य कृष्ण उदासीले आर्थिक तथा शैक्षिक प्रतिवेदन पेश गरेका थिए। कार्यक्रममा विद्यालय निरीक्षक इन्द्रबहादुर थापा, स्रोतव्यक्ति मोहदत्त पोखरेल, मनोरथ सापकोटा, जग्गादाता शिवप्रसाद पराजुली, टोल विकास संस्था समन्वय समिति पोखरा–१ का अध्यक्ष चन्द्रबहादुर गुरुङ, काङ्ग्रेसका वडा सभापति टंकनाथ पौडेल, एमाओवादीका तीलक कोइराला, एमालेका शारदा पराजुली, माओवादी क्रान्तिकारीका सन्देश गुरुङ, शिक्षक घनश्याम रेग्मी, विद्यार्थीहरू हेलेन थापामगर र सरिता परियारले पनि बोेलेका थिए। सो अवसरमा २०७१ को शैक्षिक पुरस्कार र अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीहरूलाई पुरस्कार र विभिन्न प्रकारका छात्रवृति वितरण गरिएको थियो। विद्यालय व्यवस्थपन समितिकाका निर्वतमान अध्यक्ष डिल्लीराम अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक वेदप्रसाद वस्तीले गरेका थिए। कार्यक्रममा विद्यार्थीले विविध सांस्कृति प्रस्तुति पनि राखेका थिए।

Post a Comment

 
Top