0
नेपाली काँग्रेस वडा नं ११ इकाइ समितिले स्वर्गीय नेता चीनबहादुर गुरुङको ४९ दिनको तिथिमा श्रद्धाञ्जलीसभा सम्पन्न भएको छ । वडा सभापति टिकाराम बाँस्तोलाको अध्यक्षता, सचिव हरिप्रसाद बास्तोलाको सञ्चालन र टंकप्रसाद बाँस्तोलाको स्वागत मन्तव्यमा सुरु भएको श्रद्धान्जली सभाका प्रमुख अतिथि नेपाली काँग्रेसका नेता शुक्रराज शर्माले गुरुङको जीवनीबाट कार्यकर्ताले धेरै रचनात्मक कार्य सिक्नु पर्ने भन्दै लोकतन्त्रीक पद्धति र नेपाली  परिवेशमा रहन कार्यकर्तालाई अनुरोध गरेका थिए । श्राद्धन्जली सभाका विशेष अतिथि पूर्व सहायक मन्त्री प्रकाश गुरुङले कास्की दाङसिङको विकासमा  स्वर्गीय गुरुङले रचनात्मक कार्य गरेको बताए । सभामा सांसद एवं महिला नेतृ शारदा पौडेल, नेका क्षेत्र नं २ का क्षेत्रीय सभापति माधवप्रसाद बाँस्तोला(मधु), लोकतान्त्रिक खेलकुद संघका केन्द्रीय अध्यक्ष देवेन्द्रबहादुर शेरचन, नेका जिल्ला सहसचिव मुकुन्द बास्तोला(ज्वला), जिल्ला सदस्य दिपक गुरुङ, तरुण दल कास्कीका अध्यक्ष मनोज गुरुङ लगायतले शोक सभामा गुरुङको सिर्मर लाइन तथा रचनात्मक कार्यको प्रशंसा गरेका थिए ।

Post a Comment

 
Top