0
पोखरा १० शिवचोकमा रहेको नवदीप बोर्डिङ् स्कुलले आफ्नो वार्षिक खेलकुद कार्यक्रम २०७२ सम्पन्न गरेको छ । विद्यालय हाताभित्र र पोखरा रङ्गशालामा गरी २९ वटा विभिन्न विधाका खेलमा ३ सयभन्दा बढी विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए । अन्तरसदनात्मक तथा खुल्ला प्रतिस्पर्धामा गराइएको खेलकुदमा नर्सरीदेखि १० कक्षा सम्मका विद्यार्थीले भाग लिएको विद्यालयका सह क्रियाकलाप संयोजक तथा नेपाली विभागीग प्रमुख अमृत घिमिरेले जानकारी दिए । 

यसअघि खेलको उद्घाटन गर्दै विद्यालयकी प्रिन्सिपल कौशल्या गुरुङले खेलले विद्यार्थीैमा अझ प्रतिस्पर्धात्मक रुपमा अगाडि बढ्न मद त गर्ने विश्वास व्यक्त गरिन् । विद्यार्थीहरुले दौड, रिले दौड, हाइजम्प लङजम्प, सटपुट, रिले दौड, फुटबल, टेबलटेनिस, मिठाइँ दौड, बेलुन फुटाउने, केरा खाने प्रतियोगिता, चम्चा दौड, कुर्ची दौड, छिटो कमिज लगाउने लगायतका प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए । खेल शिक्षक दुर्गासिंह गुरुङलगायत विद्यालयमा कार्यरत सम्पूर्ण शिक्षक शिक्षिकाले प्रतियोगितामा सहजीकरण गरेका थिए । प्रतियोगिता अन्तर्गत, नर्सरीमा भएको मिठाइँ दौडमा उषा थापा, जेनिसा पुलमी र प्राप्ति थापा क्रमश ः प्रथम द्वितीय र तृतीय भए । नर्सरीमै भएको बेलुन फुटाउने प्रतियोगितामा अनमोल राना, सीमाङ गुरुङ  र रोजित गुरुङ क्रमशः प्रथम,द्वितीय र तृतीय  हुन सफल भए । त्यस्तै एल केजीमा भएको बेलुन फुटाउने प्रतियोगितामा एरोन आले, रुपक राना र जिनन गुरुङ क्रमशः प्रथम, द्वितीय र तृतीय  हुन सफल भए । त्यसैगरी सोही कक्षामा भएको केरा खाने प्रतियोगितामा श्रीया गुरुङ,आयुष भुजेल र साइसा तामाङ क्रमशः प्रथम,द्वितीय र तृतीय  हुन सफल भए । त्यस्तै युकेजीमा भएको चम्चा दौड प्रतियोगितामा सुप्रिया थापा, निकिता गुरुङ, सोफिया थापा क्रमशः प्रथम,द्वितीय र तृतीय  हुन सफल भए ।




Post a Comment

 
Top