0
गोल्डेन न्यूज संवाददाता
नोभेल एकेडेमीमा ए लेभलमा अध्ययनरत विद्यार्थीहरुबीच ट्यालेण्ट शो सम्पन्न भएको छ । गीत, नृत्य लगायत विविध विधामा विद्यार्थीले आ–आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । कार्यक्रमको सभापतिका रुपमा एकेडेमीका कार्यकारी प्रमुख विश्वेश्वर आचार्यले यस किसिमका कार्यक्रम मार्फत विद्यार्थीलाई अन्तरनिहित प्रतिभा प्रस्फुटनको अवसर मिल्ने हुँदा विद्यार्थीले प्रतिभालाई निखार्दै भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत पहिचान बनाउन सकिने तर्फ जोड दिए । त्यस्तै कार्यक्रममाथि प्रकाश पादै एकेडेमिक डीन डा. मान बहादूर पुनले प्रतिभा प्रर्दशनको सवालमा कलेज सधै साथमा रहने बताए । छात्रा एलिजा थापाले सञ्चानल गरेको कार्यक्रममा इन्टरटेन्मेण्ट क्लबकी प्रेसिडेण्ट दिक्षा थापाले सहभागी सम्पूर्णलाई धन्यबाद ज्ञापन राखेकी थिइन् ।


Post a Comment

 
Top