0
गोल्डेन न्यूज संवाददाता
रेवान पोखराको आयोजनामा यहि १३ देखि १७ गते सम्म पोखरामा सञ्चानल गर्न लागेको १७औं पोखरा सडक महोत्सवमा पाहुना बोलाउन भ्रमणमा निस्किएको रेवान टोली शुक्रबार पोखरा फर्किएको छ । भ्रमणका क्रममा टोलिले भैरहवा, लुम्बिनी तथा चितवनमा पत्रकार सम्मेलन तथा सरोकारावालासंगको भेटघाट र छलफल सम्पन्न ग¥यो । ‘यो भ्रमणपछि हामीमा थप उत्साह थपिएको छ’–रेवान पोखराका अध्यक्ष गोपीबहादुर भट्टराईले भने । ‘वर्तमान संकटग्रस्थ अवस्थामा पनि महोत्सव आयोजना गर्न लागेको भन्दै महोत्सवको सफलताका लागि सबैले शुभेच्क्षा सहित महोत्सव सफल पार्न सहयोग गर्ने प्रतिवद्धजा जाहेर गरे, यसले हामीलाई थप उर्जा मिलेको छ’–भट्टराईले भने ।

विभिन्न स्थानमा आयोजित पत्रकार सम्मेलन तथा अन्तत्र्रिmयाका वक्ताहरुले भुकम्प र नाकाबन्दि पछिको संकटग्रस्थ अवस्थामा महोत्सव आयोजना गर्दाका चुनौतीका बारेमा प्रकाश पारेका थिए । पोखरामा आयोजना हुने सडक महोत्सवले भैरहवाको प्रवद्र्धनमा समेत टेवा पुग्ने गरेको सिद्धार्थ नगर उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार शर्माले बताए । ‘पोखरा जानका लागि सिमा पारिबाट पर्यटक आउँदा यहाँको चहलपहलमा समेत बृद्धि हुने गर्दछ’–उनले भने । पाहुना बोलाउनका लागि विभिन्न शहरहरुमा पुग्ने रेवानको संस्कृतीलाई अन्य शहरका व्यवसायिहरुले पनि सिको गर्नुपर्ने सिद्धार्थ नगर टुर्स एण्ड ट्राभल एजेण्ट्स (साट्टा) का अध्यक्ष सागर अधिकारले बताए । भैरहवामा आयोजित पत्रकार सम्मेलनमा सिद्धार्थ नगर होटल संघका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ, उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष विष्णु शर्मा तथा भारतबाट आएका पत्रकारहरुले समेत महोत्सवका बारेमा जिज्ञासा राखेका थिए ।

त्यस्तै चितवनको सौराहामा आयोजित कार्यक्रममा बोल्ने बक्ताहरुले पोखरा र सौराहाबचि लामो समयदेखि भाइचार सम्बन्ध रहेको भन्दै पोखरा र सौराहाले आपसमा सहयोगको आदानप्रदान गरिनुपर्नेमा जोड दिए । साथै सौराहामा सञ्चालन हुने विभिन्न महोत्सवका बारेमा जानकारी दिंदै महोत्सवको समय जुधाउन नहुने तर्क प्रस्तुत गरे । 

कार्यक्रममा रेवान सौराहाका अध्यक्ष राजन भट्ट, क्षेत्रिय होटल संघ, सौराहाका अध्यक्ष ज्ञानेन्द्र कुमार विष्ट, बछौली सेवा केन्द्रका प्रमुख बासुदेव रिजाल, बागमारा मध्यवर्ती बन उपभोक्ता समुहका अध्यक्ष विपि चौधरी, चित्रसेन मध्यवर्ती बन उपभोक्ता समूहका अध्यक्ष अशोक प्रसाद चौधरी, युनाइटेड हात्ति सञ्चालक सहकारी संस्थाका अध्यक्ष दिपक भट्टराई, बर्ड एजुकेशन सोसाइटीका अध्यक्ष टेकबहादुर गुरुङ्ग लगाएतले सडक महोत्सवको सफताको कामना गरेका थिए ।

पत्रकार सम्मेलनमा बोल्दै पोखरा पर्यटन परिषद्का अध्यक्ष सोम थापाले सडक महोत्सव पोखराकै पहिचान बनिसकेको भन्दै यसलाई सफल पार्न पोखराका पर्यटन सम्बद्ध सम्पूर्ण संस्घसंस्था लागिपरेको जानकारी दिए । त्यस्तै पश्चिमाञ्चल होटल संघका अध्यक्ष भरतराज पराजुलीले पोखराको होटलका बारेमा जानकारी दिंदै सडक महोत्सवलाई ध्यान दिंदै नियमित मेनु भन्दा कम रकम लिने संघले निर्णय गरेको बताए । ‘पोखरामा झण्डै ४ सय ५० होटल छन्, संस्थामा आवद्ध होटलले अहिले ३० प्रतिशत छुटको व्यवस्था मिलाएका छौं, तपाईहरु आउनुहोस हामी स्वागतका लागि आतुर छौं’–पराजुलीले भने । त्यस्तै पत्रकार सम्मेलनमा प्याराग्लाइडिङ्गको करबा बारेमा उठेको जिज्ञासा मेटाउँदै नेपाल हवाई खेलकुद संस्था – ना ) का अध्यक्ष योगेश भट्टराईले समस्या समाधान भइसकेको जानकारी दिए ।

रेवान पोखराका निवर्तमान अध्यक्ष बलराम पहारी, पोखरा पर्यटन परिषद्का निवर्तमान अध्यक्ष समेत रहेका रेवान पोखराका सल्लाहकार सूर्यबहादुर भुजेल, रेवान पोखराका प्रथम उपाध्यक्ष चौबहादुर गुरुङ्ग, पोखरा उद्योग बाणिज्य संघका उपाध्यक्ष देव क्षेत्री, परिषदका सचिव रामु गौतम लगायतले पोखराको पर्यटन र सडक महोत्सवका बारेमा चर्चा गरेका थिए ।






Post a Comment

 
Top