0
गोल्डेन न्यूज संवाददाता
छैटौं बिग आईकनको ‘सव–स्पोन्सर’ को रुपमा देउराली टेस्ट एण्ड फ्लेवर ईण्डष्ट्रिजको ‘पीपलडाली’ मसला जोडिएको छ । सोमबार बिग एफएमका मार्केटिङ म्यानेजर कमल बराल र उद्योगका मेनेजिङ डाईरेक्टर बिनोद अधिकारीबीच छैठौँ विग आईकनको ‘सव–स्पोन्सर’ पोखरा सिनेप्लेक्स हुने विषयमा सहमति भएको हो । सहमतिपत्रमा हस्ताक्षरपछि बिग एफएमका मार्केटिङ म्यानेजर कमल बरालले मुलुकभर विस्तार हुने लक्ष्य लिएर पोखरामै स्थापित ठूलो मसला उद्योगसँग व्यवसायिक सहकार्य गर्न पाउँदा खुशि लागेको बताए । ‘यो दुवै पक्षको लागि फाईदाजनक हुनेछ ।’ बरालले भने–‘बिग आईकनमा यो सहयोग साह्रै लाभदायी त हुनेछ नै, यसल पीपलडाली मसलाको बजार प्रवद्र्धनमा पनि सघाऊ पुग्नेछ ।’
त्यस्तै, उद्योगका मेजिङ डाईरेक्टर अधिकारीले पोखरामा व्यवसाय शुरुवात गरेसँगै विग आईकन जस्तो ईभेन्टमा जोडिन पाउँदा खुशी लागेको प्रतिक्रिया दिए । ‘हामीले मुलुकभर बजार विस्तार गर्ने गरी उद्योग सुरु गरेका छौं । हाललाई पश्चिमाञ्चलभर ब्राण्डिङ गर्नु छ ।’ अधिकारीले भने–‘आगामी दिनमा पनि सहकार्य गर्दै अघि बढ्नेछौं ।’ पोखरा २० ¥यालेचौर (साविक भलाम गाविस) मा रहेर तीन करोड लगानीमा असोज तेस्रो सातादेखि मसला उद्योग स्थापना भएको हो । चालिस बढि जडिबुडीयुक्त ६० भन्दा बढि प्रकारका मसलाजन्य पद्धार्थ उत्पादन भईरहेको छ । अहिले पोखरा बजारमा स्थापित हुँर्दै एक वर्षभित्र नै पश्चिमाञ्चलका सबै जिल्लामा पु¥याउने तयारीमा अघि बढेको र नेपालभर नै पीपलडाली मसलाको बजार विस्तार गर्ने लक्ष्य लिएको उद्योग सञ्चालक कृष्णराज बाँस्तोलाले बताए ।





Post a Comment

 
Top