0
फेवा पब्लिक सकेण्डरी बोर्डिङ स्कुल गणेशटोल, पोखरा–४ ले आयोजना गरेको तेस्रो फेवा आइडलको नृत्य तर्फको अडिशन राउण्ड शुक्रबारदेखि सुरु भएको छ । विद्यार्थीहरुमा लुकेर रहेको अन्तरनिहित प्रतिभालाई प्रष्फुटन गर्ने उद्देश्यले विद्यालले आइडलको आयोजना गरेको हो । अडिशन राउण्डमा कक्षा ३ देखि ९ सम्मका ५० जना विद्यार्थीहरुले आ–आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । अडिशन राउण्डबाट उत्कृष्ट १० पर्ने विद्यार्थीको नाम आइतबार हुने विद्यालयको विहान प्राथनामा घोषणा गरिने विद्यालयका अतिक्ति कृयाकलाप संयोजक भरत गुरुङले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । अडिशन राउण्डमा विद्यार्थीहरुले निकै उत्साहका साथ आ–आफ्नो प्रतिभा प्रदर्शन गरेको गुरुङले जानकारी दिए । पठनपाठनको साथसाथै विद्यार्थीहरु भित्र लुकेर रहेको प्रतिभालाई प्रष्फुटन गर्न विद्यालयले फेवा आइडलको आयोजना गरेको विद्यालयका प्राचार्य शेरबहादुर क्षेत्रीले जानकारी दिए । ‘सबै विद्यार्थीहरु पठन पाठनमा मात्रै उत्कृष्ट हुँदैनन्’ क्षेत्रीले भने–‘उनीहरुमा लुकेर रहेको क्षमतालाई बाहिर ल्याउन विद्यालयको पनि जिम्मेवारी हुन्छ, त्यसैले हामिले फेवा आइडलको आयोजना गर्दै आएका छौं ।’ विद्यालयले अतिरिक्त कृयाकलाप अन्तरगत तेक्वान्दो, आर्टस, हस्त लेखन लगायतका कार्यक्रमहरु संचालन गर्दै आएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनय अधिकारीले जानकारी दिए । ‘विद्यार्थीहरुको चौतर्फी विकासका लागि हरेक शुक्रबार विद्यालयले ते क्वान्दो, आर्टस, नृत्य, हस्त लेखन सम्बन्धि तालिम संचालन गर्दै आएको छ’ अधिकारीले भने । विद्यार्थी र अभिभावकको माग भएमा विद्यार्थीको मानसिक र शारीरिक विकासका लागि अन्य कार्यक्रम पनि विद्यालयले संचालन गर्ने विद्यालयका संचालक सुमन आचार्यले जानकारी दिए ।

अतिरिक्त क्रियाकलाप प्रमुख भरत गुरुङको संयाजकत्वमा भएको कार्यक्रममा विद्यालयका शिक्षिका कमला थापा र सविना गुरुङले निर्णायकको भूमिका निर्वाह गरेका थिए भनि प्राविधिक सहयोग शुसिले तिमिल्सिनाले गरेका थिए । कार्यक्रमलाई सफल बनाउन विद्यालयका शिक्षक शिक्षिकाहरुको उल्लेख्य सहयोग रहेको थियो ।



Post a Comment

 
Top