0
घर शान्ति नै विश्वको आधार, शिक्षा र समान अधिकार’ भन्ने नाराका साथ पोखरा लगायत देशभर लैंगिक हिंसाविरुद्वको १६ दिने अभियान मनाउनेक्रम जारी छ । हरेक वर्ष महिला हिंसाविरुद्व अभियान नै चलाएपनि लक्ष्य पुरा हुन सकेको छैनन् । शहर केन्द्रित गरेर महिला ंिहंसाविरुद्व कार्यक्रम गर्दा यसको पहुँच दुरदराजसम्म पुग्न सकेको छैन । र, महिला तथा बालबालिका माथि हुने हिंसाहरुले प्रश्रय पाउँदै आएको छ । महिला हिंसाविरुद्व अभियान चलाई रहँदा देशमा कतै न कतै महिलामाथि जर्बजस्ती करणी गरेकादेखि लिएर घरपरिवारबाट तिरस्कार गरेका घटनाहरु सञ्चार माध्यममा आईरहेका छन् । नेपाल दिवस मनाउनु केवल झारा टार्ने परम्परा जस्तै भएको छ । हिंसा अन्त्य गर्नका लागि ड्रिम भिजन र इच्छाशक्ति नहुँदा यसको न्युनिकरण हुन सकेको छैन । दिन प्रतिदिन घरेलु हिंसा, महिला हिंसा, यौन दुरव्र्यवहार, बलात्कार जस्ता अनैतिक, हिंसात्मक, दर्दनाक र अपराधजन्य घटनाहरुले नेपाली समाजमा ग्रसित छ । अज्ञानता, आर्थिक अभाव, सामाजिक असहयोग, डरधाकधम्की, इज्जतको नाममा मौनता, सिमित हदम्याद, अपराधमा राजनीतिकरण, गैरकानूनी मेलमिलापका कारण महिला हिंसाका घटनाहरु त बाहिर आउन सकेका छैनन् । महिलाहरु बढ्दै गएको चेतनाले केही हिंसाका घटनाहरु भने आपतकालिन सेवा केन्द्र हुँदा प्रहरी कार्यालयसम्म पुगेका छन् । महिलामाथि हिंसा गर्नेले कानून बमोजिमको सजाय नपाउँदा पनि हिंसाले प्रश्रय पाउदै आएको छ । सबै पिडकले उन्मुक्ति पाएकै कारणले हिंसाका घटनाहरुको पुनरावृति भईरहेको छ । घरपरिवारबाटै यौन हिंसा, मानव बेचविखन जस्ता क्रुर अमानवीय घटनाहरु भइरहेको देखिन्छ । जबसम्म हामीले महिलामाथि हुने हिंसा अन्त्य गर्नको लागि घरबाटै अभियानको थालनी गर्न आवश्यक छ । केही अपराधिक प्रवृत्तिका मानिसहरुको गैरकानूनी गतिविधिका कारण अहिले समाजमा अविश्वास बढेको छ । पितृसतात्मक सोच र परम्पराका नाममा घरेलु हिंसाको शिकार बनीरहेका छन् । आर्थिक विपन्नता, बहुविवाह लगायतका कारण अधिकांश महिलाहरु कुनै न कुनै रुपमा घरेलु हिंसामा पर्ने गरेका छन् । महिला हिंसाको अन्त्य गरी महिलाको सम्मानपूर्वक बाँच्न पाउनको लागि कानूनहरु निर्माण भएका छन् । मानव बेचविखन तथा ओसारपसार ऐन, घरेलु हिंसा तथा सजाय ऐन लगायतका कानूनहरुमा महिला हिंसा गर्ने गराउनेलाई कठोर सजाय र पीडितलाई क्षतिपूर्तिको व्यवस्था समेत गरेको छ । तर, महिला हिंसा जस्ता अमानवीय घटनामा मिलापत्र गराउने प्रवृत्तिका कारण पनि महिलाले न्यायको महसूस गर्न पाएका छैनन् । महिला अधिकारको क्षेत्रमा क्रियाशिल गैरसरकारी संघ संस्थाहरु बेग्रेल्त खुलेका छन् । तर, तिनको काम केवल कर्मकाण्डीमा सीमित रहेको छ । महिला हिंसा चिन्ताको विषय भएको छ । कानुनको प्रभावकारी कार्यान्वयन गरेमा महिला हिंसा न्यूनिकरण गर्नमा र पीडितलाई न्याय दिलाउन सकिन्छ । अर्काेतर्फ महिला साक्षर हुने भनेपनि महिला हिंसा न्युनिकरण गर्न सहयोग पुग्छ । यसमा सबैले एकता कायम गरि अघि नबढेसम्म लैंगिक हिंसामात्र होइन समाजमा घट्ने हरेक प्रकारका हिंसा ज्यूँ का त्यूँ रहन्छन् । हिंसाको विरुद्धमा अभियानमात्र चलाएर पुग्दैन । यसका लागि बनेका हरेक कानून अक्षरस पलना गर्दै पीडकलाई कडा कार्वाही नभएसम्म यसले समाजमा जरा गाडेर बस्नेमा दुईमत छैन ।







Post a Comment

 
Top