0
गोल्डेन न्यूज संवाददाता
दुवइ स्थित इम्पोरियल होटलमा नेपाली कलाकार समूहद्वारा संचालित परिचयात्मक तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । “कला र संस्कृतिको उत्थान नेपालीको पहिचान” भन्ने मुल मन्त्रमा समाहित हुँदै फुजैराहको मिडिया सेन्टर हलमा नेपालका चर्चित अभिनेता भुवन केसीले कार्यक्रमको उद्घाटन गरेका थिए । नेपाली कला र संस्कृति, भाषा, भेषभूषा तथा नेपाली रहनसहनको संरक्षण एवम् सम्वद्र्धन गर्दै नयाँ प्रतिभालाई अवसर प्रदान गर्ने तथा प्रवासी नेपालीलाई कुनै समस्या परेमा सक्दो सहयोग गर्दै अगाडि बढ्ने उद्देश्य लिएर उक्त संस्था गठन भएको हो । कार्यक्रममा नेपाली कलाकार समूहका संस्थापक संरक्षक रतन थापाले नेपाल, नेपाली र नेपाली कला, संस्कृतिलाई माया गर्ने सबैलाई एकीकृत गरेर लैजाने बताए । उक्त अवसरमा प्रमुख अतिथि सदावहार अभिनेता भुवन केसीले रोजगारीको सिलसिलामा परदेशमा रहेका नेपाली दाजुभाइसँग भेट गर्न पाउँदा धेरै नै खुसी लागेको बताए ।संस्थाका संरक्षक रतन थापा र विशेष अतिथि नेपालबाट आमन्त्रित चर्चित अभिनेता आर्यन सिग्देल, अभिनेतृ रेखा थापा, भुवन केसीका छोरा अनमोल केसीको उपस्थिति रहेको थियो भने अन्य अतिथिहरुमा नेपाली समाज युएइका अध्यक्ष चन्द्र सापकोटा, नेपाली जनसम्पर्क समिति दुवइका चित्रबहादुर केसी, एनआरएन क्षेत्रीय समिति फुजैराह दुवइका अध्यक्ष सागर लुईटेल, जिल्ला परिषद् दुवइका मणि भुर्तेल, कास्की आदर्श समाज दुवइका कृष्ण ढकाल, पर्वत समाज दुवइका राजेन्द्र अधिकारी, बागलुङ्ग समाज दुवइका पिताम्बर पाण्डे, धादिङ्ग समाज दुवइका भीम अधिकारी, अर्घाखाँची समाज दुवइका राजु खड्का, संस्थाका केन्द्रीय अध्यक्ष विष्णुप्रसाद अधिकारी, दुवइ समितिका अध्यक्ष राम प्रसाद ढकाल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा स्थानीय कलाकारहरुको प्रस्तुतिले सांगीतिक कार्यक्रम रमाइलो बनेको थियो । उक्त अवसमा चर्चित अभिनेता भुवन केसीले गाएको गीत याद आयो नी म तिमी विना मरिहाल्छु नि गाउँदा कार्यक्रममा उपस्थित दर्शकहरु स्टेजमा नै गएर नाचेका थिए । संस्थाका अध्यक्ष विष्णु अधिकारीको अध्यक्षतामा भएको कार्यक्रम दोहोरी गायक हरि डुम्रेले संचालन गरेका थिए ।


Post a Comment

 
Top