0
गोल्डेन न्यूज संवाददाता
कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर राउतको सरुवा भएको छ । गृह मन्त्रालयले विहिवार सरुवा गरेको ९ जना प्रमुख जिल्ला अधिकारीको लिष्टमा उनि पनि परेका छन् । उनको त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा सरुवा सरुवा भएको हो । राउतको स्थानमा नवलपरासीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनाली आउने भएका छन् । गृह मन्त्रीस्तरीय निर्णयबाट बिहीबार मुलुकका महत्वपूर्ण जिल्लाका प्रजिअहरूलाई सरुवा गरिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट गृहमा गएका सहसचिव रामकृष्ण सुवेदीलाई काठमाडौंको प्रजिअमा सरुवा गरिएको छ ।  प्रधानमन्त्री कार्यालयबाट गृहमा सरुवा भएका सहसचिव ऋषिराज शर्मालाई ललितपुरको प्रजिअको जिम्मेवारी दिइएको छ । काठमाडौंका प्रजिअ एकनारायण अर्याललाई मोरङमा, मोरङका गणेशराज कार्कीलाई नवलपरासीमा, ललितपुरका यादव कोइरालालाई गृह मन्त्रालयमा, धादिङका दीपक काफ्लेलाई नवलपरासीमा, श्रम मन्त्रालयबाट सरुवा भई आएका विश्वप्रकाश सुवेदीलाई धादिङको प्रजिअ बनाइएको छ ।









Post a Comment

 
Top