0
गोल्डेन न्यूज संवाददाता
कास्की जिल्ला टेनिस संघद्वारा आयोजित कास्की जिल्ला व्यापि भेट्रान्स टेनिस प्रतियोगितामा राजन पौडेलले दुइवटा उपाधि हाता पारेका छन् । उनले ३५ वर्ष माथिको एकल तथा मेन्स डबल्सको उपाधि जितेका हुन् । संघले पुष १० देखि यहाँ सञ्चालन गर्न लागेको १४ औं भेट्रान्स राष्ट्रिय टेनिस प्रतियोगिताको तयारी स्वरुप आयोजना गरेको प्रतियोगिताको फाइनल खेलमा राजनले पोखराका शिर्ष बरियताका भेट्रान धरमबहादुर लामिछानेलाई ६–२, ६–३ को सोझो सेटमा पराजित गरे । निरज थापालाई जोडी बनाएका उनले यसअघि बबि चन्द र चन्द्रबहादुर थापाको जोडिलाई ६–३, ६–४ ले पराजित गरेको थिए । त्यस्तै ४५ वर्ष माथिको पुरुष एकलको उपाधि धरमले जिते । उनले बिनोद कायस्थलाई ६–२, ६–३ ले पराजित गरेका थिए । प्रतियोगिताका विजेता खेलाडीहरुलाई टेनिस प्रेमी एवं विदेशी सहयोगी अमेरिकाका हेरल्ड स्टाइल र क्यानडाका विलियना ब्राउनले ट्रफि प्रदान गरेका थिए । संघ कास्की अध्यक्ष बिनोद कायस्थको अध्यक्षतामा सम्पन्न पुरस्कार वितरण समारोहमा सदस्य दिल गौतमले कार्यक्रम सञ्चालन गरेका थिए ।



Post a Comment

 
Top