0
गोल्डेन न्यूज संवाददाता
एइसीसी ग्लोबल एजुकेशनको पोखरा शाखाको शनिबार एक कार्यक्रम गरि उद्घाटन गरिएको छ । उक्त शाखाको नेपालको चलचित्र उद्योगका कलाकार सुनिल थापा, निशा अधिकारी र विल्सन विक्रम राइले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै कलाकार सुनिल थापाले अहिलेको प्रविधिमैत्री समाजमा विश्वव्यापी रुपमा आफ्नो पहिचान बनाएको एइसीसीले विद्यार्थीको सुन्दर भविष्य निर्माण गर्न सहयोग गर्ने बताए । त्यस्तै कलाकार निशा अधिकारीले विदेश पढ्न जानको लागि राजधानिमा मात्रै राम्रा कन्सल्टेन्सी छन् भन्ने मान्यतालाई तोड्दै एइसीसीले पोखरामा आफ्नो शाखाको शुभारम्भ गर्नु महत्वपूर्ण कुरा भएको बताए । एइसीसीले अहिले बनाएको पहिचानलाई अझै बढाओस् भन्ने कामना व्यक्त गरे । कार्यक्रममा हास्य कलाकार विल्सन विक्रम राई (तक्मेबुढा) ले प्रविधिलाई सहि तरिकाले उपयोग गर्न सुझाव दिए । अहिले विदेश पढ्नको लागि धेरै संस्थाहरुले परामर्श दिने भएपनि एइसीसीसँग परामर्श लिएर ढुक्क हुन पनि उनले पोख्रेली विद्यार्थीलाई सुझाव दिए । कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापा, पोखरा ट्रेड मलका प्रबन्ध निर्देक मिनराज काफ्ले लगायतले बोलेका थिए । एइसीसीले बिगत २० वर्ष देखि अमेरिका, अष्ट्रेलिया, क्यानाडा, न्युजिल्यान्ड लगायतका देशमा वैदेशिक उच्च शिक्षाको लाग िविद्यार्थी पठाउँदै आएको छ  ।

Post a Comment

 
Top