0
गोल्डेन न्यूज संवाददाता
स्टेप वाइ स्टेप उच्च मा.वि. मासवार पोखरामा अंग्रेजी कविता प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयका प्रिन्सिपल निर्मला बरालको सभापतित्वमा संचालित प्रतियोगितामा सभापतिको आसनबाट बोल्दै प्रिन्सिपल बरालले कविता समाजमा रहेका विभिन्न विषयवस्तु, संस्कृतिका साथै अन्य घटना र गतिविधिहरूबारे मनमा उत्पन्न भएका विचारहरू प्रस्तुत गर्ने एक माध्यम भएकोले विद्यार्थीहरूमा सृजनशीलता र चेतनाको अभिवृद्धि गराउने हुनाले यस्ता कार्यक्रमहरूमा विद्ययार्थीहरू को सहभागितामा अभिवृद्धि हुनुपर्ने बताए । कक्षा ८ र ९ का विद्यार्थीहरूलाई दुई समूहमा विभाजित गरी संचालन गरिएको प्रतियोगितामा समूह ‘क’ तर्फ दिक्षित गौतम प्रथम, पुष्पा बि.क. द्वितीय, जनक न्यौपाने र सुगम पौडेल तृतीय र सुशिना गुरुङ्ग साथै अंकिता अधिकारी सान्त्वना भएका थिए भने समूह ‘ख’ तर्फ मेनुका लुर्इँटेल प्रथम, सिमर बि.क. द्वितीय, प्रशंसा बराल तृतीय र सजिना बराल साथै समिर पौडेलले सान्त्वना स्थान हासिल गरेका थिए । प्रतियोगितामा विद्यार्थीहरूले शान्ति र सत्य, पोखराको सपना, मित्रता, सुन्दर नेपाल, अनुशासन, मेरो जीवनको लक्ष्य, नेपाल भूकम्प आदी शीर्षकमा निकै मार्मिक र हृदयस्पर्शी कविताहरू अंग्रेजी भाषाको माध्यमद्वारा प्रस्तुत गरेका थिए । विद्यार्थीहरुमा अन्तरनिहीत प्रतिभाको प्रस्फुटन गराउने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा विद्यालयका अतिरिक्त क्रियाकलाप इन्चार्ज जगन्नाथ घिमिरे संयोजक रहेका थिए । कार्यक्रमको संचालन शिक्षक राधाकृष्ण आचार्यले गरेका थिए भने निर्णायकमा शिक्षकद्वय रुपेश पौडेल र बिरेन्द्र बराल रहेका थिए । यसैगरी पोखराको नयाँबजार स्थित लोटस एकेडेमिक स्कुलमा अतिरिक्त व्रिmयाकलाप अन्तरगत शुव्रmबार नेपाली हिज्जे प्रतियोगिता सम्पन्न भएको छ । अन्तर्सदनात्मक रुपमा निमावि तहका विद्यार्थीहरु बीच भएको प्रतियोगितामा निलो सदनका अनिस परियार, कृशान्त तिमिल्सिना, सुजाता श्रेष्ठ र सालेहा खातुनको समूह पहिलो भएको छ । यस्तै, हरियो सदनका यजश्वी थापा मगर, सनम गुरुङ, मनिषा कुमारी र सुवास गुरुङको समूह दोस्रो तथा रातो सदनका आशिष गुरुङ, विपना गौतम, साहिल घोताने र सद्भाव रेग्मीको समूह तेस्रो भएका विद्यालयका प्रचार प्रसार संयोजक सुरेन्द्र शदिच्छाले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए ।
विद्यालयका इन्चार्ज मित्रलाल पोखरेलले पहिलो शब्दको हिज्जे सोधेर उद्घाटन गरेको कार्यव्रmममा विद्यालयका संस्थापक÷प्राचार्य कर्ण गुरुङले नेपाली भाषाको पनि जीवनमा उत्तिकै महत्त्व रहेकाले राम्ररी अध्ययन गर्न आग्रह गरे ।  कार्यव्रmममा नेपाली विभागका प्रमुख नारायण मरासिनी, शिक्षक सुरेन्द्र शदिच्छा र दीपेन्द्र थापा मगर निर्णायक रहेका थिए । 

यसैगरी पोखराको सिम्पानी स्थित स्पाइरल ग्यालेक्सी उच्च मा.वि. मा अंगे्रजी भाषाको मा.वि स्तरिय हिज्जे प्रतियोगिता सम्पन्न भएको छ । ४ वटा सदनका १६ जना विद्यार्थी सहभागी प्रतियोगितामा विनोद सुनार, वरदान आचार्य, निशान गिरी र अनिष गौतमको फेवा सदन प्रथम भएको छ भने सुस्मिता वास्तोला, विनय कोइराला, स्वस्तीका तिमिल्सिना र विनिता पौडेलको दिपाङ सदन द्वितीय भएको छ । विद्यालयका अतिरिक्त क्रियाकलाप विभागका प्रमुख सुमन पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा दश जोड दुईका संयोजक निर्मल सोती, डिन वृहस्पति लम्साल र निमावि इन्चार्ज सरोजनी देवकोटाले सहजीकरण गरेका थिए । त्यस्तै हस्तकला प्रदर्शनीमा प्रावि तर्फ सुदिन ढकालको समुह प्रथम, सुमित शाही द्वितीय, सनम गुरुङ्गको समूह तृतीय भएका छन् । त्यस्तै निमावि तर्फ पवनराज पाण्डे प्रथम, योगेश गुरुङ्गको समूह द्वितीय र स्मृति गिरी र होमबहादुर थापाको समूह तृतीय भएको छ ।  मावि तर्फ प्रतिमा गुरुङ्ग र रोहित मगरको समूह प्रथम, अजुर्न वास्तोँलाको समुह द्धितिय र राजेश सुनारको समुह तृतीय भएको छ ।

यसैगरी  पोखराको पार्दीस्थित फिस्टेल एकेडेमी उच्च मा.वि.मा अतिरिक्त क्रियाकलाप अन्तर्गत शुक्रवार उद्घोषण प्रतियोगिता सम्पन्न भयो । प्रतियोगितामा प्रा.वि. तर्फ प्राप्ति लम्साल, वर्षा पौडेल, यशश्वी आचार्य नि.मा.वि. तर्फ मुस्कान रानाभाट, कञ्चन रानाभाट, अंकिता गुरुङ , मा.वि तर्फ कुशल खनाल, सन्ध्या श्रेष्ठ र जोनिशा पौडेल क्रमशः प्रथम, द्वितीय र तृतीय हुन सफल भएका थिए ।  यसअघि सो प्रतियोगिताको विद्यालयका संस्थापक प्राचार्य  चिनु रानाभाटले उद्घाटन गरेका थिए । विद्यालयका सह–प्राचार्य बुद्धि मोहन पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रशासक दुर्गा न्यौपाने र अंग्रेजी विभाग प्रमुख टिकाराम पौडेल निर्णायक रहेका थिए । 

कार्यक्रमको सञ्चालन छात्राद्वय मुस्कान रानाभाट र कञ्चन रानाभाटले गरेका थिए । सो विद्यालयले विद्यार्थीहरुमा उद्घोषण तथा वाककलाको विकासको निम्ति विद्यार्थीहरुलाई नियमित रुपमा वोल्ने कला र उद्घोषण तालिमका कक्षाहरु समेत सञ्चालन गर्दैं आएको विद्यालयले जनाएको छ ।

यसैगरी विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुल पोखरा–२ ले मा.वि. स्तरीय गणितीय हाजिरीजवाफ प्रतियोगिता सञ्चालन गरेको थियो । विद्यालयका प्राचार्य कृष्णकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम सदनात्मक रुपमा सञ्चालन गरिएको थियो भने करिब १६ जना विद्यार्थीको सहभागिता थियो । कार्यक्रममा पहेँलो सदनबाट कक्षा १० मा अध्ययनरत छात्र अमित गहतराज,  कक्षा ९ मा अध्ययनरत छात्र सविन ढकाल, कक्षा ९ मा अध्ययनरत छात्र साजन पौडेल र कक्षा ८ मा अध्ययनरत छात्रा मनिता हमालले प्रथम स्थान ओगटेका थिए । यसैगरी हरियो  सदनबाट कक्षा १० मा अध्ययनरत छात्र महेन्द्र कार्की, सोही कक्षामा अध्ययनरत छात्र अभिमन्यू के.सी., कक्षा ९ मा अध्ययनरत छात्र राहुल अग्रहरी र विवेक खड्काले द्वितीय स्थान ओगटेका थिए । कार्यक्रमको सञ्चालन विद्यालयका गणित शिक्षक नीलकण्ठ पौडेलले गरेका थिए ।







Post a Comment

 
Top