0
गोल्डेन न्यूज संवाददाता
पञ्चासे क्षेत्रको संरक्षणका लागि विद्यालयलाई केन्द्रित गरि विविध विषयलाई समेटेर पाठ्यक्रम तयार पारिएको छ । सहयोगी पुस्तिकाको रुपमा रहेको सो पाठ्क्रमको विषयमा शिक्षकहरुलाई दुई दिन पोखरामा पारिस्थितीयक प्रणालीमा आधारित अनुकुलन कार्यक्रम (इबीए) ले अभिमुखीकरण प्रदान गरेको छ । कास्की, पर्वत र स्याङ्जामा अवस्थित २२ वटा विद्यालयले विद्यार्थीहरुलाई संरक्षण शिक्षा प्रदान गर्ने पारिस्थितीयक प्रणालीमा आधारित अनुकुलन कार्यक्रम (इबीए) का कार्यक्रम सहायक रंधीर सिंहले जानकारी दिए। इबीएको पहलमा युनडीपी र आयुसीएनको सहयोगमा सो पाठ्यक्रम तयार पारिएको हो । पुस्तकमा नेपालको वन र जैविक विविधता, पञ्चासे संरक्षित वन, महत्व, वातावरण, वन डढेलो, चोरी शिकार नियन्त्रण, भूक्षय, सिमसार, कृषि वन प्रणाली, फोहोरमैला व्यवस्था, नविकरण उर्जा, जलवायु परिवर्तनका विषयहरुलाई समेटिएको छ । पुस्तकको लागि प्राविधिक सहयोग गरेका अन्नपूर्ण प्रकृति संरक्षण कोषका कार्यक्रम अधिकृत समेत रहेका अशोक सुवेदीले कक्षा ६, ७ र ८ लाई केन्द्रित गरि संरक्षण सहयोगी शिक्षा बनाइएको उल्लेख गरे । विद्यालय तहका करिब २ हजार विद्यार्थीहरु पाठ्यक्रमबाट लाभान्वित हुनेछन् । ती विद्यालयहरुमा वातावरण संरक्षणका लागि यसअघि ईबिएको सहयोगमा इको क्लव स्थापना भइसकेको छ ।
यो पुस्तक अघि शिक्षक र सरोकारवालाहरुसँगसमेत छलफल गरि प्रकाशनको अन्तिम चरणमा रहेको छ । पञ्चासे संरक्षित वन मूल परिषदका अध्यक्ष गोपाल गुरुङले यस क्षेत्रको संरक्षण गर्नु नै विकास भएको बताए । पश्चिमाञ्चल क्षेत्रीय वन निर्देशनालय पोखराका निर्देशक शान्तामुनि ताम्राकारले विद्यार्थीहरुको बानी र सोचमा परिवर्तन ल्याई  वातावरण संरक्षणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले सिद्धान्तसँगै व्यवहारिक शिक्षाका लागि पाठ्यक्रम उपयुक्त हुने दावी गरे । आयुसीएनकी अनु अधिकारीले विद्यार्थीमार्फत संरक्षका विषय लिएर समुदायमा जादा प्रभावकारी हुने बताए। करिव ५५ हजार हेक्टर क्षेत्रफलमा फैलिएको पञ्चासेमा १ सय १३ प्रजातिका सुनाखरी पाइन्छन् । पन्चासे क्षेत्रमा १२ प्रकारका बनजंगल, ५८९ जातीका फूल फुल्ने बनस्पतीहरु, १५० थरीका औषधीजन्य जडीबुटीहरु, ८ थरीका रेसादार बनस्पतिहरु, १८ थरीका पुष्प ब्यवसायजन्य बनस्पतिहरु, ५६ थरीका जंगली च्याउहरु, ९८ थरीका उन्यू  पाइन्छ । पञ्चासेमा वातावरण संरक्षणका लागिस्थानीय स्तरमा चोरी शिकार नियन्त्रण गर्न सञ्जालसमेत गठन गरेको छन् ।



Post a Comment

 
Top