0
गोल्डेन न्यूज संवाददाता
लायन्स क्लब अफ पोखरा माछापुच्छ«े भिलेजद्वारा लेखनाथ नगरपलिका वडा नं. १८ गैरागाँऊ स्थित अद्यैत संस्था परंहंस शाखामा विविध सामाग्री प्रदान गरिएको छ । क्लबका अध्यक्ष शिवराज आचार्यको नेतृत्वमा उक्त स्थानमा पुगेको क्लबको एक टोलीले खाट, विस्ता्रा, कुर्ची, टेबल, कार्पेट तथा मसलन्द सामाग्री गरि करिब ६० हजार रुपैयाँ बराबरको सामाग्री हस्तान्तरण गरेको क्लवका अध्यक्ष शिवराज आचार्यले जानकारी दिए । कार्यक्रममा प्रमुख अतिथि क्लबका ओरियन्टेसन चियर पर्सन इन्जिनियर इ.रामचन्द्र पोखरेल, जोन चियर पर्सन तोरण बहादुर कँुवर, भरत पोखरी गा.बि स. का पूर्व अध्यक्ष यज्ञप्रसाद अधिकारी, अद्यैत संस्थाका अध्यक्ष बैकुण्ठनाथ आचार्य लगायतले आ–आफ्नो भनाइ राखका थिए । क्लबका अध्यक्ष  शिवराज आचार्यको अध्यक्षता भएको कार्यक्रममा सचिव शोभाकान्त पौडेल, कार्यक्रम संयोजक रामजीप्रसाद भण्डारी,   क्लवका द्वित्तीय उपाध्यक्ष तीर्थ राज आचार्यले पनि बोलेका थिए । कार्यक्रममा क्लबका  २० जना सदस्य  सहभागी भएको जानाकारी कार्यक्रमका सह–संयोजक  लोकनाथ जैसीले जानकारी दिए ।

Post a Comment

 
Top