0
गोल्डेन न्यूज संवाददाता
पोखराको रामघाटस्थित टप्स उच्च माविमा बलराम केसीको अध्यक्षतामा भूतपूर्व विद्यार्थी मञ्च गठन गरिएको छ । विद्यालयको २३औं वार्षिकोत्सवका अवसरमा आयोजित भूतपूर्व विद्यार्थीहरुको भेलाबाट गठित नौ सदस्यीय तदर्थ समितिको उपाध्यक्षमा सुजन थापा मगर, सचिवमा अभिषेककुमार झा, कोषाध्यक्षमा सन्ध्या श्रेष्ठ र सह–सचिवमा सुमन गुरुङलाई चयन गरिएको छ । यस्तै, सदस्यहरुमा डा. सुशिल शर्मा सुवेदी, विशाल गुरुङ, विष्णुप्रसाद तिमिल्सिना र राजीव श्रेष्ठ चयन भएका छन् । कार्यव्रmमका अध्यक्ष एवम् विद्यालयका संस्थापक÷प्राचार्य रत्नमान गुरुङले विद्यार्थी, अभिभावक र विद्यालयको सम्बन्ध अझ गाढा बनाउने उद्देश्यले औपचारिक रुपमै भूपू विद्यार्थीहरुको संस्था गठनका लागि पहल गरेको बताए । २०५० मा स्थापना भएको विद्यालयबाट २०५७ मा पहिलो पटक एसएलसीमा सहभागी भई हालसम्म ७९५ जनाले उत्तीर्ण गरिसकेको जानकारी दिँदै गुरुङले विद्यार्थीको चौतर्फी विकासका लागि हिजोदेखि आजसम्म विद्यालय चिन्तनशील र कार्यरत रहेको बताए । उनले हाल उच्च मावि तहमा विज्ञान र व्यवस्थापन सङ्कायमा पढाइ सञ्चालन भइरहेको पनि जानकारी दिए । शिक्षक रुपिन्द्र प्रभावीद्वारा सञ्चालित कार्यव्रmममा मञ्चका नवनिर्वाचित अध्यक्ष बलराम केसीले विद्यालयको हितका लागि भूपू विद्यार्थीहरुका तर्फबाट सकेसम्म महत्वपूर्ण भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे । संस्थापिका भक्ति गुरुङले स्वागत गरेको कार्यव्रmममा विद्यालयका सहप्राचार्य शिवकुमार सिंह, सुपरभाइजर, भूतपूर्व विद्यार्थीका तर्फबाट डा. सुशील शर्मालगायतले आ–आफ्नो भनाइ राखेका थिए । यसअघि विद्यालयले आफ्नो वार्षिकोत्सवका अवसरमा सरसफाइ, हाजिरी जवाफ, सांस्कृतिक कार्यव्रmम पनि सम्पन्न गरिसकेको छ ।


Post a Comment

 
Top