0
गोल्डेन न्यूज संवाददाता
नवगठित नेकपा (क्रान्तिकारी माओवादी) कास्कीको एकता अधिवेशन सम्पन्न भएको छ । बिहीबार सम्पन्न एकता अधिवेशनले अशोक छन्त्याल अर्जुनको संयोजकत्वमा ६५ सदस्यीय जिल्ला संयोजन समिति गठन गरेको छ । जसको सह–संयोजकमा भीमबहादुर श्रीस रहेका छन् । अधिवेशनको उद्घाटन गर्दै नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सचिवालय सदस्य एवं तमुवान राज्य संयोजक श्रीनाथ अधिकारी श्यामले नेकपा–माओवादी र नेकपा (एकीकृत)बीचको एकता सच्चा क्रान्तिकारी कम्युनिष्ट शक्तिहरूको एकताको थालनी भएको बताए । अधिवेशनमा क्रान्तिकारी माओवादीका केन्द्रीय सचिवालय सदस्य केशबहादुर परियार, केन्द्रीय सदस्यद्वय हरिबहादुर चुमान अजित र रामजी थापाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सो अधिवेशनले कास्की जिल्ला भूगोललाई विभिन्न ७ वटा इलाकामा विभाजन गरी जिम्मेवारी समेत तोकेको छ भने राज्य समिति मातहत रहने गरी विशेष समिति समेत निर्माण गरिएको छ । त्यस्तै, अधिवेशनले महिला, युवा, मजदुर, किसान, विद्यार्थी, शिक्षक, प्राध्यापक, बुद्धिजीवी, मगर, तमु, दलित, पत्रकार, मुस्लिम, उद्योग व्यापार, सुकुम्बासी तथा अपाङ्गलगायतका विभिन्न जनवर्गीय संगठन तथा मोर्चाहरूको जिम्मेवारी समेत तोकेको छ ।





Post a Comment

 
Top