0
गोल्डेन न्यूज संवाददाता
काठमाडौंमा प्रधान कार्याल्य रहेको बिजनेश युनिभर्सल डेभलपमेण्ट बैंक लिमिटेडको १३ औं शाखा पोखरा–५, पस्र्याङ्गमा खुलेको छ । उक्त शाखाको शुक्रबार एक समारोह बीच वरिष्ठ शिक्षाविद् एवं समाजसेवी हेरम्ब प्रसाद कोइरालाले उद्घाटन गरेका थिए । शाखाको समुद्घाटन समारोहमा बैंकका अध्यक्ष मिलन कुमार बैद्य संचालक समितिका सदस्यहरु, संस्थापकहरु तथा प्रमुख कार्यकारी अधिकृत लगायतको सहभागिता रहेको प्रमुख कार्यकारी अधिकृत मनोहर केसीले बताए । उक्त शाखाको संचालन पछि बैंकको प्रधान कार्यालय, अनामनगर सहित १३ वटा शाखा कार्यालयहरु पुगेको छ र छिटै काठमाडौंको पुरानो बानेश्वरमा समेत एक थप शाखा कार्यालयको औपचारीक शुुभारम्भ गर्न गईरहेको छ । 

बैंकले सबै शाखाहरुबाट समय सापेक्ष आधुनिक बैंकिङ्गका सेवा सुविधाहरु ए.टि.एम. सेवा, ईन्टरनेट बैंकिङ्ग सेवा, निःशुल्क ए.वि.वि.एस. सेवा, मोवाईल बैंकिङ्ग सेवा, एस.एम.एस. बैंकिङ्ग तथा लकर सेवा प्रदान गर्दै आएको बैंकका अध्यक्ष मिलन कुमार बैद्यले बताए । वि.सं. २०७२ साल पौष ३ गते बैंकको १२औं वार्षिक साधारण सभा अमृतभोग, क्याटरर्स प्रा.लि., डिल्लीबजार, काठमाडौंमा हुन गईरहेको छ । नेपाल राष्ट्र बैकबाट स्वीकृत प्राप्त गरिसकेकोले चुक्ता पुँजीको १३ प्रतिशत बोनस शेयर तथा ०.६८ प्रतिशत नगद लाभांस (बोनस शेयरको कर प्रयोजनको लागि) वितरण गर्ने विशेष प्रस्ताव बैंकले यस साधारण सभामा पेश गर्नेछ । हाल बैंकको चुक्ता पुँजी रु. ९३ करोड ४६ लाख ८९ हजार रहेकोमा, साधारण सभाबाट उक्त प्रस्ताव पारित पश्चात् बैंकको चुक्ता पुँजी रु. १ अर्व ५ करोड ६१ लाख ९९ हजार पुग्ने छ । बैकले आ.व. २०७१÷७२ मा सञ्चालन मुनाफा रु. २४ करोड ४४ लाख ८५ हजार रहेको छ । बैंकले २०७२ असोज मसान्तसम्ममा रु. करिब ६ अर्व ५९ करोड निक्षेप संकलन गरि रु. ५ अर्व ५८ करोड विभीन्न क्षेत्रमा कर्जा प्रवाह गरेको बैकका प्रमुख कार्यकारी अधिकृत मनोहर के सीले बताए ।

Post a Comment

 
Top