0
गोल्डेन न्यूज संवाददाता
पोखरामा आज  शुक्रवार खाना पकाउने ग्यास बितरण गरिने भएको छ । यस क्षेत्रका उपभोक्ताले अत्याधिक प्रयोग गर्ने दुई कम्पनी शक्ति र गृहलक्ष्मी ग्यास बितरण गर्न लागिएको हो ।स्थानीय प्रशासनले सूचना प्रकाशित गरी ग्यास वितरणको विवरण सार्वजनिक गरेको छ । जस अनुसार पोखराका ११ डिपोबाट २४ सय २० सिलिण्डर शक्ति ग्यास र १० वटा डिपोबाट गृहलक्ष्मी कम्पनीका दुई हजार ५० सिलिण्डर ग्यास बितरण गर्न लागिएको हो । तोकिएको डिलरमा आधा सिलिण्डर अर्थात् ७.१ के.जी. तौल भएको सिलिण्डरको ७ सय रुपैयाँ पर्नेछ । ग्याँस वितरण गर्दा खटिएका सुरक्षाकर्मी, स्थानीय नागरिक समाज, टोल सुधार समिति, आमा समूहको रोहवरमा उपभोक्ताको नाम, ठेगाना, उपभोक्ताको मोवाइल नम्बर र हस्ताक्षर सहितको अभिलेख राखी जिल्ला प्रशासनमा बुझाउनुपर्ने जारी बिज्ञप्तीमा उल्लेख छ । शारीरिक तथा मानसिक अशक्त अपाङ्ग परिचय पत्र भएकाहरुलाई राष्ट्रिय अपाङ्ग महासंघ जिल्ला समितिको सिफारिसमा ३० थान गृहलक्ष्मी कम्पनीको ग्याँस सिलिण्डर खड्का किराना स्टोर्स, प्रतिभा टोल नयाँ गाउँ पोखरा १५ बाट उपलब्ध गराईने स्पष्ट पारिएको छ । लेखनाथ क्षेत्रको लागि भने पुनः अर्को सूचना प्रकाशित भएपछि मात्रै वितरण गरिने बताईएको छ ।








Post a Comment

 
Top