0
गोल्डेन न्यूज संवाददाता
तालवाराही उच्च माध्यमिक विद्यालय बैदाम पोखराको ५९औं वार्षिकोत्सव मंगलबार सम्पन्न भएको छ । वार्षिकोत्सवको अवसरमा आयोजित खेलकुद लगायत विभिन्न अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरिएको प्रधानाध्यापक भद्रकाली लामिछानेले जानकारी दिइन् । ‘विद्यालयले आयोजना गरेको खेलकुद तथा अतिरिक्त क्रियाकलापले विद्यार्थीको वौद्धिक र शारीरिक विकासमा सकारात्मक योगदान पु¥याइरहेको छ,’ उनले भनिन् । वार्षिकोत्सवको अवसरमा विद्यालयले साताव्यापी खेलकुद कार्यक्रम गरेको थियो । उत्कृष्ट विद्यार्थीलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिएको शिक्षिका सरिता थापाले जानकारी दिइन् । वार्षिकोत्सवको अवसरमा मंगलबार ५९ वटा बेलुन उडाउनुका साथै केक काटिएको थियो । बालविकासका विद्यार्थीहरुले केक काटेर वार्षिकोत्सवको औपचारिक कार्यक्रम सुरु गरिएको हो ।
वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा सहायक प्रधानाध्यापक लक्ष्मण भट्टराई, शिक्षक ताराप्रसाद पोखरेल, बाल क्लबका लक्ष्मण गजुरेल लगायतले बोलेका थिए । प्रधानाध्यापक भद्रकाली लामिछानेको अध्यक्षतामा कार्यक्रम भएको हो ।










Post a Comment

 
Top