0
सामाजिक जागरणका लागि नारी अभियान कास्कीले यही पुस १० गते उपभोक्ता हक अधिकार तथा अनुगमन सम्वन्धी कार्यक्रम आयोजना गर्ने भएको छ । तराई आन्दोलन तथा नाकावन्दीका कारण दैनिक उपभोग्य वस्तु तथा इन्धन तथा ग्यास लगायतका सामाग्री अभाव तथा कृतिम अभाव सृजना गरी सृजित कालोवजारी नियन्त्रणका लागि थालिएको अभियान अन्तर्गत उक्त कार्यक्रम आयोजना गर्न लागिएको अभियन्ता अभियानका संयोजक सुष्मा पौडेलले जानकारी दिइन । कार्यक्रम संयोजक अञ्जु केसीले उक्त प्रशिक्षण कार्यक्रममा सहभागी हुन आगामी दिनमा अनुगमनमा सक्रियता निर्वाह गर्न चाहने हरेक क्षेत्रका दिदी वहिनीहरुलाई आह्वान गरेकी छिन् । कार्यक्रममा सहायक प्रमुख  जिल्ला अधिकारी चन्द्रनाथ गौतमले उपभोक्ता हक अधिकार तथा अनुगमन र प्रशासनको दायित्व विषयमा प्रशिक्षण दिनेछन् । त्यस्तै अधिकारकर्मी माधव पहारीले उपभोक्ता अधिकार, अनुगमन र नागरिकको भूमिका तथा अधिवक्ता सुरेन्द्र थापामगरले उपभोक्ता हक अधिकार, कालोवजारी नियन्त्रण सम्वन्धी ऐनहरु र पत्रकार तथा अधिवक्ता सुष्मा पौडेलले ऐन कानून, सूचनाको हक तथा भावी योजनाको विषयमा प्रशिक्षण दिने छन् । पहिलो चरणको प्रशिक्षण सम्वन्धी कार्यक्रम पश्चात महिलाहरुको उपभोक्ता तथा अनुगमन टिम वनाई अनुगमन गर्ने र उक्त टिमलाई दोश्रो चरणको समेत प्रशिक्षण कार्यक्रम आयोजना गरिने भएकाले कार्यक्रममा सीमित सहभागी गराइने आयोजकले जानकारी दिएका छन् ।








Post a Comment

 
Top