0
गोल्डेन न्यूज संवाददाता
लेखनाथ सामुदायिक लायन्स अस्पतालको १२औं बार्षिक साधारण सभा तथा छैटौं अधिबेशनबाट नव निर्बाचित पदाधिकारीहरुलाई शुक्रबार एक कार्यक्रमका बीच पद तथा गोपनीयताको सफथ गराईएको छ। गत हप्त भएको निर्बाचनबाट सर्बसम्वत रुपमा चयन भएका अध्यक्ष महेश्वर पाण्डे लगायतका पदाधिकारीहरुलाई निर्वाचन संयोजक खगेन्द्रराज आचार्यले पद तथा गोपनीयताको सफथ गराएका हुन।नब निर्बाचित समितिको सदस्यमा नन्दबहादुर गुरुङ, नारायण प्रसाद सुबेदी, भरतराज तिवारी, प्रमोद पौडेल,शुक्रराज कंडेल, सूर्यकुमारी बञ्जरा, पवित्रा अधिकारी र काशीनाथ ओझा रहेका छन् भने समितिको कार्य विभाजन पछि गरिने भएको छ। 
अध्यक्ष पदको पद भार ग्रहण पछि बाल्दै अध्यक्ष पाण्डेले जनस्तरबाट पैसा संकल गरि निर्माण गरिएको अस्पतालबाट सरकारी तहको सुविधा प्रदान गर्ने अभियानमा सवैको सहयोग र सद्भावको अवश्यकता रहेको धारणा राख्दै सामुदायिक लायन्स अस्पतालाई जिल्ला स्तरीय अस्पताल बनाउनेका लागि पूर्बाधार खडा गर्दै म भएर होईन हामी भएर अगाडि वढ्नका लागि सवैमा अनुरोध गरेका थिए। निर्बाचन समितिका संयोजक खगेन्द्रराज आचार्यको अध्यक्षतामा भएको सो कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले लेखनाथको विकासका लागि संघले अगाडी सारेको शिक्षा, पर्यटन,कृषि र स्वास्थ्यको अवधारणमा सामुदायिक लायन्स अस्पतालले थप सहयोग पु¥याएको र अस्पतालको विकासका लागि संघको तर्फबाट सहकार्य गर्दै अगाडी बढ्ने धाराणा राखेको सो कार्यक्रमको संचालन निर्वाचन समितिका सदस्य लिलामणि त्रिपाठीले गरेका थिए।









Post a Comment

 
Top